साइप्रस न्युज

दुःख पाउने मुख्य कारण नै भाषा हो : अध्यक्ष साइप्रस घेदुङ

शेयर गर्नुहोस्

घेदुङका पहिलो अध्यक्ष सिता तामाङ (नानु गोम्जा)

काठमाडाैं ।

तामाङ हरुको आवाजलाई एक ढिक्क बनाउने साझा संस्था हो तामाङ घेदुङ । नेपालबाहेक विश्वमा छारिएर बसेका नेपालीहरुले केन्द्रिय घेदुङको समन्वयमा शाखाहरु खोलिएका छन् । यसै सन्दर्भमा साइप्रसमा पनि नेपाल तामाङ घेदुङ साइप्रस नामक प्रवास शाखा स्थापना गरिएकाे हाे ।

साइप्रसमा भएको नेपाली चेलीहरुको संयुक्त पहलमा घेदुङको जन्म भएको हो । गत अक्टोबर २३, २०१६ मा विशेष कार्यसमिति गठन गरी बैधानिकता दिइएको छ । यसै घेदुङका पहिलो अध्यक्ष हुन सिता तामाङ (नानु गोम्जा) । नानुको जन्म २०४४ श्रावन १४ गते नवलपरासी कावासोतिमा भएको हो ।

उनले २०६० सालमा श्री शिव उच्च मावि कावसोतिबाट एसएलसी उतिर्ण गरे । अहिले उनी रोजगारीका क्रममा विगत चार वर्षदेखि साइप्रसमा छिन् । तामाङ भाषा, धर्म, संस्कृतिको प्रेरकको रुपमा आफ्नो बुवालाई मान्छन् नानु, ।

तामाङ समुदायसँगै आम आदिवासी जनजातिको सवालमा सचेत छिन उनी ।

साइप्रस घेदुङ र मेरो जिम्मेवारी

साईप्रस घेदुङ गठन गर्ने सोच नै अन्तराष्ट्रिय तामाङ संस्थाहरुको गतिविधि देखेर हो । बैदेशिक रोजगारीको शिलशिलामा साइप्रसमा आउनुभएका तामाङ चेली तथा दाजुभाइहरुले पाइरहेका दुःख र समस्यामा परेकाहरुको उद्धार गर्ने संस्थाको मुल लक्ष्य हो ।

सम्पुर्ण तामाङ दाजुभाई तथा दिदिबहिनीलाई एक्यबद्धता गरि तामाङ घेदुङ गठन गर्ने सपना थियो । त्यो सपना मेरै नेतृत्वमा गर्न सफल भयो ।

मेरो कार्य अवधिको पहिलो प्राथमिकतामा साईप्रसमा कार्यरत सबै तामाङ दाजुभाई तथा दिदिबहिनीलाई घेदुङमा सदस्यता बनाउने हो ।

यहाँ आएका सम्पूर्णलाई राम्रै हुन्छ भन्ने छैन । विभिन्न खालका समस्याहरु आइपर्छन, त्यसलाई सहयोग र उद्धार गर्ने यस संस्थाको जिम्मेवारी हो । विदेशी भुमिमा रहेर अरुको संस्कार संस्कृतिले दिक्दर भएको बेला यस घेदुङले बर्षको एकचोटि आउने ल्होछार र संस्कृतिप्रेमीलाई एकरुपता र एकआपसमा शुभकामना, भेटघाट, चिनजान र पहिचान बचाउनलाई साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने हो ।

साईप्रसमा सबैजसो घरयासी कामका लागि आएका महिला दिदिबहिनी छन् । उहाँहरुलाई छुट्टी भनेको बेला मिल्दैन । कम्पनीमा जस्तो साप्ताहिक छुट्टी हुदैन । सबै काम फोन र सामाजिक संजालबाट नै गर्ने हो ।

काम गर्ने थलो टाढाटाढा हुने भएकाले चाहेको बेलामा भेटघट गर्न पनि गाह्रो हुन्छ । बिदेशमा गाह्रो नै छ । यी समस्याको बाबजुद पनि केन्द्रिय घेदुङको नीति,बिधान सम्मत हामीबाट हुन सक्ने र गर्न सक्ने कामहरु गर्ने प्रतिबद्धता गरेका छौ ।

सैलुङअनलाइन टिमसँग गरेकाे सामुहिक कुराकानीमा 

साभार : सैलुंग अनलाइन

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *