Domestic Workerमहत्वपूर्ण जानकारी

Holiday paper बनाउन के के कागजात चाहिन्छ?

शेयर गर्नुहोस्

श्रम सकिएकाले के गर्ने ?

साइप्रस-नेपाल 30 नोभेम्बर/लिमासोल

साइप्रस को सुख दुखको बसाइमा तितो मीठो अनुभव संगालेर २ वर्ष पछि आफ्नो देश नेपाल मा घर परिवार सङ रमाइलो पल बिताउन छुट्टी जाने बेला सधै एउटा टेन्सन भै रहन्छ त्यो हो श्रम स्वीकृति । बेला बेलामा नेपाली अनलाइन न्युज पोर्टल मा पुन: श्रम स्वीकृति बारे आएका उदेक लाग्दा समाचार देखेर पुन: श्रम स्वीकृति(चलनचल्तीको भाषा मा श्रम) बन्छ त भन्ने पिर साइप्रस छोड्नु अघि देखि नै लाग्छ । छुट्टी गएका साथीहरुको अनुभव मा कहिले सजिलै श्रम बनेको तर कोहिलाई अत्यन्तै तनाब झेलेको भनी सुनेर दिक्क लाग्नु स्वभाविक हो । छुट्टी जांँदा नेपाली वाणिज्य दूतावास निकोसियाबाट कागजात नबनाइ जाँदा भने श्रम नविकरण हुँदैन । नेपाल सरकारले बिदामा घर गएर फर्किन नेपाली नियोग को सिफारिस अनिवार्य गरेको छ । जसका लागि अनुसुची ८ फारम भर्नु पर्ने हुन्छ । जसलाई चलनचल्तीमा होलिडे पेपर भनेर बुझिन्छ ।

के के कागजात चाहिन्छ त ?

  • ६ महिना म्याद रहेको सक्कली पासपोर्ट
  • पिन्क कार्ड वा भिसा कार्ड ( भिसा कार्ड नआएको भए रि इन्ट्री भिसाको छाप लगाएको माइग्रेसन विभाग को रसिद)
  • सक्कली करार सम्झौता (कन्ट्रयाक पेपर)

यी तिन कागजात लिएर निकोसिया स्थित नेपाली कन्सुलेट अफिसमा पेश गरेर 25 युरो शुल्क बुझाउनु पर्छ । अनुसुची 8 को कागज सहित माथी उल्लेखित कागजातको फोटोकपीमा कन्सुलरले छाप लगाएर सिफारिस तयार गरि तपाईंलाई दिन्छ । साथै काठमाडौ स्थित श्रम विभाग र सातै प्रदेशका श्रम कार्यालयमा समेत इमेल गरिदिनेछ । यो कागजात लिएर अब श्रम बनाउन जाँदा तपाईलाइ कुनै समस्या हुदैन ।

नेपाल जानु पर्ने तर तपाई को पिङ्क कार्ड नआएको भए के गर्ने ? पुरा जानकारी को लागि यहाँ क्लिक गर्नुहोस्।

श्रम बनाउन नेपाल मा कुन कुन कागजात चाहिन्छ ?

  • बीमा गरेको सक्कल प्रमाण पत्र ।
  • नियोगबाट प्रमाणित गरेको करारनामा र प्रवेशाज्ञाको प्रतिलिपि ।
  • वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कल्याणकारी कोषमा रकम बुझाएको रसिद ।
  • नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि ।
  • पासपोर्ट

श्रम स्वीकृति भयो कि भएन खोजी गर्न यहाँ क्लिक गर्नुहोस्

सात प्रदेश मा कहाँ कहाँ बाट पुनः श्रम स्वीकृति पाइन्छ ?

  • प्रदेश एक : विराटनगर
  • प्रदेश नम्बर २ जनकपुर
  • प्रदेश नम्बर ३ हेटौंडा
  • गण्डकी प्रदेश को पोखरा
  • प्रदेश नम्बर ५ बुटवल
  • कर्णाली प्रदेशको सुर्खेत
  • सुदुरपश्चिम प्रदेशको धनगढी
अनुसुचि ८

कहाँ छ नेपाली कन्सुलेट अफिस ? फोन नम्बर नक्सा सहित

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *