देश विदेश

विश्वकै पहिलो ‘ सेल फोन डिटेक्टिङ क्यामरा ‘ अष्ट्रेलियामा

शेयर गर्नुहोस्
सडक दुर्घटना जोगाउने प्रविधी

अष्ट्रेलिया । अष्ट्रेलियाको न्यु साउथ वेल्सले विश्वकै पहिलो ‘हाइ डेफिनसेसन डिटेक्सन क्यामरा ’ सार्वजानिक गरिएको छ जसले गाडी चलाइरहेको समयमा चालकले मोबाइल फोन चलाएको पत्ता लगाउन सक्छ ।

न्यु साउथ वेल्सका सडक मन्त्री एन्ड्रयु कन्सटेन्सले सो प्रविधि विश्वमा पहिलोपटक निर्माण भएको यसले सवारी चलाइरहेको समयमा मात्र नभएर सबै किसिमका अवैध फोन प्रयोग पत्ता लगाउन सक्ने बताएका हुन् ।

ती क्यामरा ले आर्टिफिसियल इन्टेलिजेन्स मार्फत तस्बिरहरु रिभ्यु गरि सेल फोनको अवैध प्रयोग सजिलै पत्ता लगाउन सक्छन् । यसरी अवैध मोबाइल चलाइरहेको तस्बिरमा चालक रहेको पहिचान भएपछि त्यसलाई आधिकारिक निरीक्षकहरुले प्रमाणित गर्ने निकायले बताएको हो ।

यसरी सो क्यामरा ले लिएका तस्बिरहरु अत्यन्तै सुरक्षित र व्यवस्थित रुपमा संकलन गरि राखिने पनि बताइएको छ ।

आगामी तीन वर्षमा स्टेटभर ४५ वटा यस किसिमका पोर्टेबल क्यामरा अज्ञात ठाउँहरुमा र कुनैपनि चेतावनीको सन्देश नदिइ स्थापित गरिने स्काइ न्युज अष्ट्रेलियाले रिपोर्ट गरेको हो । यसको पहिलो तीन महिनामा मोबाइल चलाउँदै गाडी कुदाउने चालकहरुलाई केबल चेतावनी पत्र दिएर छाडिने तर त्यसपछि भने सबै अभियोगीले ३४४ देखि ४५७ डलर सम्मको जरिवाना लागू गरिने मन्त्रालयले आफ्नो बयानमा भनेको हो ।

चितवन सेवा समाज साइप्रस को समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

अघिल्लो वर्ष मात्र यस क्यामरा को परीक्षण गर्ने क्रममा एक लाख भन्दा बढी चालकहरुले अवैध रुपमा गाडी कुदाइरहदा फोनको प्रयोग गरेको पत्ता लागेको थियो । आधिकारिक तथ्याङ्क अनुसार यस वर्ष मात्र न्यु साउथ वेल्समा ३२९ जनाको सडक दुर्घटनामा मृत्यु भएको हो जसमा अधिकांशको कारण मोबाइल प्रयोग गर्दै सवारी चलाउनु रहेको थियो । यस बीच न्यु साउथ वेल्सले २०२१ सम्ममा सो सङ्ख्यामा ३० प्रतिशत गिरावट ल्याउने लक्ष्य राखेको छ । सीएनएन

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *