देश विदेश

सप्तरीमा सैनिक जवानले बचाए गर्भवतीको ज्यान

शेयर गर्नुहोस्

२८ जेठ, राजविराज । ‘एबी नेगेटिभ’ रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा पुगेकी एक गर्भवतीलाई सैनिकको रगतले बचाएको छ ।

दोस्रो बच्चा जन्म दिने तरखरमा रहेकी सप्तरीको कञ्चनरुप नगरपालिका- ४ रुपनगर निवासी सुरेशकुमार मेहताकी २९ वर्षीया श्रीमती चम्पाकुमारी गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना हुँदा उनको शरीरमा ‘एबी नेगेटिभ’ रगत अभाव भएको थियो ।

विरलै पाइने सो रगत अस्पताल परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा नपाइएकाले चम्पाकुमारीको परिवार अप्ठेरोेमा परेको थियो । रक्त सञ्चार केन्द्रले नेपाल प्रहरी, सशस्त्र प्रहरीमा खबर गर्दा पनि उक्त समूहको रगत पाएन ।

रगत नपाइएपछि भीमदल गणमा अनुरोध गरियो । उक्त गणका सिपाही (बकासि) राजेन्द्रबहादुर रावलको रक्त समूह मिल्यो । उनले रक्तदान गरेकाले चम्पाकुमारीलाई बचाउन अस्पताल सफल भएको गणपति गुप्तबहादुर कुँवरले जानकारी दिए ।

रगत पाएपछि उनले सफलतापूर्वक शिशु जन्माएकी छन् । एबी नेगेटिभ रगत १०० मध्ये एक जनामा मात्रै पाइने जानकारहरु बताउँछन् ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *