साइप्रस न्युज

साइप्रसमा तिज कार्यक्रम भव्य (फोटोफिचर )

शेयर गर्नुहोस्

समिम मियाँ / साइप्रस-नेपाल डटकम

लिमासोल / १९ अगस्ट

चितवन सेवा समाज साइप्रसले तेस्रो बार्षिक उत्सब संगै तीज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। गत आइतबार निकोसिया स्थित ट्रीकिस प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली वाणिज्यदूत डा. रामजीवन पंजियारले तीजको शुभकामना दिदै सेप्टेम्बर को पहिलो हप्ता देखि सेफ हाउस संचालनमा आउने जानकारी दिनु भयो । सेफ हाउसले दुख पिडा परेका नेपालीलाइ ठुलो टेवा पुग्ने विश्वास रहेको उहाले बताउनु भयो । कार्यक्रममा विशिस्ट अतिथि एनआरएन आइसीसीका प्रतिनिधि रञ्‍जित महतोले आउदै गरेको एनआरएन साइप्रसको चुनाव, स्थानीय नेपाली समुदायको भूमिका र नेपाल पर्यटन वर्ष २०२० बारे बोल्नु भएको थियो भने सँस्था कि संरक्षक जसुमाया पुन ले स्वागत मन्तब्य राख्नु भएको थियो ।

नेपाली वाणिज्यदूत डा. रामजीवन पंजियार फोटो : समिम मियाँ

चितवन सेवा समाज कि अध्यक्ष कविता भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन साइप्रसका अध्यक्ष सुवास मल्ल, हातेमालो युवा समाज नेपालका अध्यक्ष बिनोद तिमिल्सिना, नेपाल तामांग घेदुंग साइप्रस महासचिव लक्ष्मी ब्लोन तामाग, रास्ट्रिय जनमुक्ति पार्टी, साइप्रस कि तारा राइ, प्रवाशी नेपाली एकता मंचका धता नन्द पाण्डेय, तमु समाज साइप्रस, शेर्पा केदुंग साइप्रस, नेपाल मगर संघ साइप्रस का प्रतिनिधि लगायत विभिन्न संघसस्था का प्रतिनिधि र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।


“सेवा नै धर्म हो, चितवनको विकास र सामाजिक भावना, समाजको एकता र सम्वृद्धिको चाहना ” भन्ने मूल नाराका साथ सन् २०१६ मा स्थापित चितवन सेवा समाज साइप्रसले स्थापनाकाल देखि नै अनाथ , विपन्न, पिछडिएका,गरिव तथा जेहन्दार विधार्थीहरुलाई शिक्षा प्रदान गर्दै आइ रहेको छ। हाल ८ जना विधार्थीहरुको सम्पूर्ण शैक्षिक खर्च समाजले उपलब्ध गराईरहेको छ । कार्यक्रमबाट संकलित रकमबाट तत्काल नै नेपाल पठाइने अध्यक्ष भण्डारीले बताउनु भयो ।
संस्थाले थालनी गरेको सामाजिक कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

मायाको चिनो प्रदान गर्दै
प्रशंसा पत्र प्रदान गर्दै

साँस्कृतिक कार्यक्रम
कार्यक्रमका मुख्य आकर्षण चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको सांगीतिक प्रस्तुतीले माहोल निकै तातियो । ‘मेरो माया बसेको ठाउँमा, बत्ति बाल्नै पर्दैन त्यो गाँउमा ” , ‘टलटल टल्कने ऐना’ बोलको गीत गाउदै दर्शक मन्त्रमुक्त भए । गायक सपुतले चर्चित गित र्याप दोहोरि ब्याटल” गाएर दर्शक उफारे “वान्स मोर” को अनुरोधले कार्यक्रम हल गुन्जायमान भयो। तातिएको माहोलमा “गलबन्दी ” गुन्जिए पछी प्रकाश सपुत लेखिएको गलबन्दी एक दर्शकले उपहार स्वरूप प्रदान गरिन “गलबन्दी च्यातियो तिम्ले तानेर” बोलको गितमा दर्शकले निकै मनोरंजन लिए, यस पटक पनि “वान्स मोर” को अनुरोध आएपछि फेरी दर्शकलाई झुमाएर मन जित्न सफल भए ।

नव गायक सुरेन ताम्लिंग लिम्बुले पनि दर्शक नचाउन सफल भए । स्थानीय कलाकारहरुको प्रस्तुतिले सबैको वाहवाही पाए । सुस्मा राइ , पावी घिमिरे, सुस्मा कान्छी लगायत कलाकारले नृत्य प्रस्तुत गरे भने समिर भट्टराइ, सृजना कटुवाल लगायत कलाकारले गायन प्रस्तुत गरे । कार्यक्रमलाई शान्ती रिमालले संचालन गरेकी थिइन् ।

सुस्मा राइ
पावि घिमिरे
प्रकाश सपुत
शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *