‘श्रम’ बनाउन अब बैंक खाता चाहिने

शेयर गर्नुहोस्

सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई बैंक खाता अनिवार्य रूपमा खोल्नुपर्ने व्यवस्था लागू गरेको छ। वैदेशिक रोजगार विभागले सोमबारदेखि परीक्षणका रूपमा यो व्यवस्था लागू गरेको हो। वैदेशिक रोजगारमा रहेको नपालीहरूले कमाएर रेमिट्यान्स हुन्डीका रूपमा कारोबार हुने प्रवृत्तिलाई पूर्ण रूपमा नियन्त्रण गर्न बैंक खाता अनिवार्य गरेको हो। खाता अनिवार्य गरिएपछि अब नेपाली कामदारले कमाएको पैसा बैंकमार्फत पठाउनुपर्छ।

नेपाली कामदारले कमाएको पैसा बैंक खाता मार्फत नल्याएको खुलेमा उसलाई अर्कोपटक श्रम स्वीकृति नदिइने विभागले जनाएको छ। अब श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेस गर्नुपर्नेछ ।

विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा समेत बैंक खातासहितको विवरण अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ।

श्रोत: इकान्तिपुर

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *