साइप्रस न्युज

साईप्रसमा दशै उत्सव कार्यक्रम सम्पन्न (फोटो सहित)

शेयर गर्नुहोस्

दिनेश गौतम

साईप्रस / ८ अक्टोबर

युरोपको साईप्रस देशमा गैर-आवासिय नेपाली संघ र स्थानीय संघसस्थाको सहयोगमा दशै उत्सव कार्यक्रम सम्पन्न भएको छ । एन.आर.एन.ए. साईप्रसकी अध्यक्ष दिल कुमारी पुनको अध्यक्षता तथा अबैतानिक महावाणिज्य दुतावासका प्रमुख डा. राम जिवन पन्जियरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा साईप्रसमा रहेका नेपालीहरुले यहाँको कानुन विपरित कुनै पनि काम कसैले नगर्न र नेपाली समुदायलाई दुःखका बेला सकभर सहयोग गर्नुपर्ने सहभागिहरुले बताएका थिए ।

फोटो : विशान्त जंग शाही

एन.आर.एन.ए. साईप्रसकी महिला प्रतिनिधि सरिता चौधरीको स्वागत तथा सचिव पुर्ण मगरको सचांलनमा भएको कार्यक्रमको उद्घाटन गर्दै होनरी कन्सुलेट डा. पन्जियारले साईप्रसमा दिनहुँ नेपालीहरुको संख्या बढ्दै गैरहेको र अब आउने दिनहरुमा नोपलीबाट नेपाली नै ठगीमा पर्ने बढि रहेका सम्भावना रहेकोले यस विषयमा यहाँ रहेका सबै नेपालीहरु सचेत भएर यस्ता विकृतिलाई अन्त्य गर्नुपर्ने बताएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै एन.आर.एन.(आई.सि.सि.) सदस्य रन्जित महतोले साईप्रसमा निर्माण भैरहेको सुरिक्षत अवास गृह सबै नेपालीहरुको भएकोले अब यसलाई निरन्तरता दिनका लागि सबै नेपालीहरु लाग्नुपर्ने बताएका थिए ।

फोटो : विशान्त जंग शाही

साथै नेपाल भ्रमण बर्ष २०२०लाई भब्यताका साथ सम्पन्न गर्नका लागि सबै नेपालीहरु आ -आफनो ठाउँबाट लागेर सफल बनाउन आग्रह गरेका थिए। कार्यक्रमलाई सफल बनाउनका लागि नेपाल आईडल सिजन एक का रनर अप प्रताप दासले विभिन्न सांगीतिक प्रस्तुती दर्शहरुलाई मनोरन्जन दिलाएका थिए भने स्थानीय कलाकारको बेजोड प्रस्तुतिले दर्शक मन्त्रमुक्त भए। यता साईप्रसमा सुरक्षित अवासको एकदम खाँचो रहेकोले यसलाई निरन्तरता दिनका लागि सहयोग गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिहेको एन.आर.एन.ए साईप्रसका वरिष्ठ उपाध्यक्ष अन्तेश राउतले जानकारी दिए ।

गायक प्रताप दास फोटो : विशान्त जंग शाही

सुरक्षित गृहका प्रमुख संरक्षक तथा एन.आर.एन.ए साईप्रसका पुर्व अध्यक्ष सुवास मल्लले यहाँ रहेका नेपाली चेलीहरुको पहिचान गरि वास्तविक नेपाली पिडितहरुलाई बास दिने जानकारी गराएका थिए । कार्यक्रममा किरात याक्थुगं साईप्रसका अध्यक्ष सविन सिबु, नेपाल मगर सघं साईप्रसका अध्यक्ष खगेन मगर लगाएत विभिन्न संघसंस्थाका प्रनिनिधिहरुको उपस्थीति थियो ।

फोटो : विशान्त जंग शाही
शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *