देश विदेश

पोर्चुगलको आम निर्वाचनमा सोसलिष्ट पार्टी विजयी, आप्रवासी खुशी

शेयर गर्नुहोस्

लिस्बन, २३ असोज

पोर्चुगलमा आइतबार सम्पन्न संसदीय आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री आन्तानियो कोष्टाको सोसलिष्ट पार्टी बिजयी भएको आज प्रकाशित परिणामहरुले देखाएको छ । २३० संसदीय सीटहरुमा कोष्टाको पार्टीले ३६.७ प्रतिशत मतकासाथ १०६ सीटमा विजय हासिल गरेको छ । पोर्चुगलमा एक करोड भन्दा बढी मतदाता रहेका थिए । त्यसमा झन्डै चार हजार जति नेपाली मुलका मतदाता थिए तर, कति नेपालीमुलकाले मतदान गरे भन्ने यकिन हुन सकेको छैन।पुनः सोसलिष्ट पार्टीको बिजयले पोर्चुगिस जनता स्थीरताको पक्षमा रहेको पोर्चुगलका राजनैतिक बिश्लेषकहरुले जनाएका छन् । प्रतिस्पर्धी सोसियल डेमोक्रेटिक पार्टीले सन् १९८३ पछिको सबैभन्दा खराव नतिजाको सामना गर्नु परेको छ । मत प्रतिशत २७.९ आएपनि सीट संख्यामा भने उ कमजोर देखियो ।निर्वाचन परिणाम संगै सरकार बनाउने तयारीमा रहेको कोष्टाको सोसलिष्ट पार्टीले चार बर्ष अगाडि सन् २०१५ का आफ्ना गठबन्धनका कम्युनिस्ट र अन्य साना पार्टीहरुसंगको छलफल तीब्र बनाएको पोर्चुगिस मिडियाहरुले उल्लेख गरेका छन् ।प्रधानमन्त्री कोष्टाले एक सम्बोधन मार्फत आफ्नो पार्टी बिजयी गराएकोमा मतदाता धन्यवाद दिदै आफु मतादेश अनुसार मिलेर सरकार बनाउने तयारी रहेको जनाएका छन् ।
आप्रवासी खुशी !
तुलनात्मक रूपमा आप्रवासी प्रति उदार मानिएको सोसलिष्ट पार्टी र गठबन्धन बिजयी भएकोमा पोर्चुगलका आप्रवासीहरुले सन्तोष ब्यक्त गरेका छन् । किनकी सन् २०१५ मा सोसलिष्ट पार्टीको सरकार बने पछि आप्रवासी नियमहरु धेरै सहज बनाइएको छ । धेरैले पोर्चुगल आवासीय अनुमति पाएका छन् । राजनैतिक बिश्लेषक तथा वल्डनेपाली डटकमका प्रधानसम्पादक राजकुमार थापाको बिष्लेषणमा,”युरोप बढ्दै गएको आप्रवासीप्रति अनुदार र दक्षिणपन्थी राजनैतिक धारलाई पोर्चुगलले अस्वीकार गरेको छ, सम्भवत: बेलायतले आप्रवासीप्रति भावनामा बगेर जनमत सग्रहको ब्रेजिक्ट निर्णयले जे परिणाम भोगिरहेको छ, पोर्चुगिस जनता भने उदार र मित्रवत देखिए ।”
पोर्चुगल आप्रवासीहरु प्रति युरोपमै सबैभन्दा उदार र सहज मुलुक मानिन्छ । नेपालीहरुको अहिले युरोप गन्तव्यमा पोर्चुगल प्रमुख देखिएको छ । गतबर्ष नेपालका परराष्ट मन्त्री प्रदीप ज्ञवालीको भ्रमणले द्विपक्षीय सम्बन्धमा आएको निकटताले नेपालीहरुलाइ पोर्चुगलमा झन् सहज बनाएको छ । यहाँ झन्डै तीस हजार नेपाली रहेको अनुमान छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *