साइप्रस र हामी नेपाली

शेयर गर्नुहोस्

गणतन्त्र साईप्रस भूमध्य सागरमा अवस्थित एक टापु मुलुक हो । पूर्वी युरोपमा पर्ने यो मुलुक भूमध्य सागरको तेस्रो सबैभन्दा ठूलो टापु हो भने जनसंख्याका हिसाबले पनि भूमध्यसागरको तेस्रो ठूलो टापु हो ।

यो टापु टर्कीको दक्षिण, सिरिया र लेबनानको पश्चिम, ईजरायल र प्यालेष्टाइनको उत्तरपश्चिम, ईजिप्टको उत्तर र ग्रिसबाट दक्षिणपूर्वी दिशामा अवस्थित छ । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्कअनुसार गणतन्त्र साईप्रसमा ११ लाख ९८ हजार ५ सय ७५ जना मानिस ।

कुल ९ हजार २ सय ५१ वर्ग किलोमिटर क्षेत्रफल भएको यस देशको राजधानी निकोसिया हो । साईप्रसको जनसंख्याको बृद्धिदर ०.०२% मात्रै रहेको छ । क्षेत्रफलका सिहाबले गणतन्त्र साईप्रस विश्वको १५८ औं देश हो । यस देशको प्रतिव्यक्ति वार्षिक आम्दानी ४१ हजार ५ सय ७२ अमेरिकी डलर रहेको छ । यस देशमा युरो मुद्रा प्रचलनमा रहेको छ । सानो टापु मुलुक भए तापनि यो विश्वका देशहरूमध्ये मानव विकास सूचकाङ्क अति उच्च भएको देश हो ।

साईप्रस टापु राजनीतिक हिसाबले दुई भागमा विभक्त छ । दक्षिणी साईप्रस जसलाई अन्तराष्ट्रिय समुदायले गणतन्त्र साईप्रस भनेर चिन्दछ त्यो युरोपेली युनियनको सदस्य रहेको सार्वभौम मुलुक हो । तर राजधानी निकोसियाबाटै उत्तरतर्फ केही भूभाग टर्कीको अधीनमा रहेको छ ।

टर्की अधीनस्थ क्षेत्रमा टर्किस लिरा प्रचलनमा छ र त्यहाँको सुरक्षा व्यवस्था पनि टर्की सरकारको हातमा छ । त्यस भूभागलाई अन्तराष्ट्रिय समुदायले मान्यता दिएको छैन । टर्की अधीनस्थ साईप्रसमा बस्ने मानिसलाई टर्किस सिप्रोट र गणतन्त्र साईप्रसमा बस्ने मानिसलाई ग्रिक सिप्रोट भन्ने चलन छ ।

ग्रिक सिप्रोटहरू ग्रिक भाषा बोल्छन र अर्थोडक्स क्रिश्चियन धर्म मान्दछन् । भाषा र संस्कृतिका हिसाबले यिनीहरू युरोपको अर्को प्रभावशाली मुलुक ग्रिससँग निकट छन् ।

उता टर्की अधीनस्थ क्षेत्रमा मुस्लिम बहुल जनसंख्या छ र यिनीहरू टर्किस भाषा बोल्दछन् । ग्रिक सिप्रोटहरू टर्कीले दखल गरेको क्षेत्रलाई occupied area भन्दछन् र एकदिन उक्त भूभाग पनि सार्वभौम साईप्रसकै हिस्सा बनेर एकीकृत हुनेछ भनी आशा राख्दछन् ।

यही सानो देशको मुटु बनेर बसेका हामी नेपालीहरू लगभग १२ हजार रहेका छौं । नेपाली मूलका मानिसहरूको उक्त जनसंख्यामध्ये ८ हजारजति कामदार भिसा र ४ हजारको हाराहारीमा विद्यार्थी भिसामा आएका मानिसहरू छौं । विभिन्न जातजाति , भषा, धर्म, लिङ्ग, भेषभुषाको आफ्नै पहिचान बोकेका हामी नेपालीहरू यही सानो समुद्री टापुमा बसोबास गरिरहेका छौं ।

यस देशमा नेपालीहरूको आउने दर दिनप्रतिदिन बढिरहेको छ । नेपालमा बेरोजगारी र राजनीतिक अस्तव्यस्तताकाबीच भविष्य नेदेखेर युवाहरू अन्य देशमा गएजस्तै साईप्रसमा पनि आउछन् भन्दा अतिशयोक्ति नहोला ।

साईप्रसमा बस्ने नेपालीहरूले आआफ्नो धर्म, राजनीतिक र जातीय रूपमा विभिन्न संघसंगठनहरू स्थापना गरेका छन् । यहाँ मैले भन्न खोजेको सिधा कुरा के हो भने हामी नेपाली दाजुभाइ दिदीबहिनीहरू यति टाढा सात समुद्रपारि आइपुगेर पनि जाति, भाषा, धर्म र अझ राजनितिक ‍आस्थाका आधारमा विभक्त छौं ।

हामी नेपाली एउटै हौं भन्ने चिन्तन र सोचको विकास अझै हुन नसक्नु चिन्ताको विषय हो । तर भन्नुपर्ने कुरा यही हो कि हामी नेपालीहरू अनेकतामा विभाजित भए तापनि ‍यो मुलुकबाट ‍नेपालमा ‍रेमिट्यान्स ‍भित्र्याउन ‍ठूलो सहयोग पुर्याएका छौं । ‍

मुलुकको समृद्धीका लागि हामी नेपालीहरूले केहि भूमिका खेल्दै आएका छौं र आगामी दिनमा नेपालको विकास र समृद्धिको हामी सबै एकताबद्ध भएर जानुपर्छ भन्नेमा प्रष्ट छौं । विदेशमा बस्ने हामी सबै नेपालीहरू एकतावद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता हो ।

हामी नेपाली यहाँ राजनीतिको नाममा होस्, धर्म वा जातजातिको नाम होस् विभाजित छौं । विदेशमा रहेर पनि एक भएर बढ्न नसक्दा हामी आज उठ्न सकेको अवस्था छ । नेपालीहरूले यहाँ आयोजना गर्ने हरेक कार्यक्रममा हाम्रो एकरूपता नभएको प्रष्ट देखिन्छ ।

एकजुट नभई हामी आफ्नो देश र मातृभूमिलाई कसरी विकास र समृद्धिको बाटोतिर अघि बढाउन सक्छौं ? यो गम्भीर चिन्तनको विषय हो । साईप्रसमा बस्ने अन्य देशका विदेशी नागरिकहरू आफलाई भइपरि आउने समस्यासँग सामना गर्नको लागि एकजुट भएर अगाडि बढ्छन् तर हामी नेपालीहरूमा त्यो एकता पटक्कै देखिन्न । हामी कताँ जाँदै छौं त ?

हाम्रो गन्तव्य मुलुक साईप्रसलाई एकचोटि नियाल्न्न सक्छौं, बेलायती उपनिवशेबाट मुक्ति पाएसँगै टर्कीसँग भएको संघर्ष र वर्षौंसम्म चलेको लडाईंबाट पाठ सिक्दै यस मुलुकले विकासमा जुन फड्को मारेको छ, त्यो हामीले आफ्नै आँखाले देखेकाछौं । आज हामी नेपाली दाजुभाइ तथा दिदिबहिनी रोजगारी र पढाइको शिलाशिलामा यहाँ छौ ।

जुन सीप र तालिम यहाँ हामीले सिकेका छौं त्यो नेपालको विकासको लागि एकदमै कामलाग्ने कुरा हो । सबैभन्दा ठूलो हामीमा एकता छैन भने हामी अगाडी बद्न सक्दैनौं र हामी जहाँको त्यहीँ हुन्छौं । यसतर्फ हामी सबै गम्भीर हुन अन्यन्त जरुरी छ ।

लेखक : NRNA साइप्रसका महासचिव हुनुहुन्छ ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *