आज स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनमा के छ ?

शेयर गर्नुहोस्
समिम मियाँ/ १४ अक्टोबर २०२० /लिमासोल

साइप्रसको स्वास्थ्य मन्त्रालयले बढ्दै गरेको कोरोनाको फैलावट र वृद्धि प्रति गहिरो चिन्ता व्यक्त गर्दै आम सर्वसाधारणमा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ। महामारी विज्ञहरुको टोलि संगको बैठक पछि स्वास्थ्य मन्त्री कोन्स्टान्टिनोस इओनानुले कोरोना महामारीको खतरनाक फैलावट नियन्त्रण गर्न सबै इनडोर स्थलहरूमा मास्कको प्रयोगलाई एउटा असाधारण उपायको रूपमा अपनाइने बताउनु भएको हो।

साथै व्यवसायी, रोजगारदाता र युवा वर्गलाई विशेष अनुरोध गर्दै मंत्री इओनानुले स्वास्थ्य प्रोटोकोल र सुरक्षाका उपायहरू प्रति सजकता साथ लागु गर्नु पर्नेमा जोड दिनु भयो।

मास्क कहाँ अनिवार्य छ ?

नागरिक र जनस्वास्थ्यलाई कोरोना भाइरसबाट जोगाउन १२ बर्ष वा माथि उमेरका व्याक्तिले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने हुन्छ साथै इन्डोरमा एक भन्दा बढि व्यक्ति छन् भने मास्क लगाउनु पर्ने छ। सार्वजनिक यातायात जस्तै सिटि वा इन्टरसिटि बस बाट यात्रा गर्दा , घर बाहेक अन्य इन्डोर स्थलहरुमा एक भन्दा बढी व्याक्ति जम्मा हुदा मास्क अनिवार्य लगाउनु पर्नेछ साथै विभिन्न किसिमका सेवा डेलिभरी गर्ने ब्याक्तिले पनि मास्क प्रयोग गर्नै पर्ने छ भने लिफ्टमा सवार हुँदा पनि मास्क लगाउनु पर्ने छ। निर्माणका क्षेत्रमा काम गर्ने व्यक्ति हुनु हुन्छ जसलाई कामको शिलशिलामा कारबाट यात्रा गर्नुपर्दा तपाइले डिस्पोजेबल मास्कको प्रयोग अनिवार्य गर्नु पर्ने छ भने प्रत्येक गाडीमा दुई जना यात्रु बोक्न पाइने बताइएको छ।

मास्क कहाँ अनिवार्य छ कहाँ छैन ?

यदि तपाइँ घरमा हुनु हुन्छ भने मास्क प्रयोग गर्न आवश्यक छैन साथै खाइरहेको वा पिइरहेको अवस्थामा पनि मास्क लगाउन अनिवार्य छैन। यदि तपाइँ आफ्नो व्याक्तिगत सवारी साधनमा यात्रा गर्दै हुनु हुन्छ भने पनि मास्क लगाउनु पर्दैन। खेलकुद वा डान्स गर्दा होस् या खाना पकाउदा वा ग्रिल गर्दा मास्क जरुरि छैन तर बेकिंग गर्दा भने मास्क जरुरि छ। मानसिक बिरामी , मानिसक चेतना बिकास नभएका व्याक्ति वा न्युरोलोजिकल सम्बन्धी बिरामी भएका वा चोटपटक लागेका व्याक्तिले मास्क लगाउन अनिवार्यता छैन।

मास्क प्रयोग सम्बन्धि नियम उल्लङ्घन गरेको खण्डमा तिन सय युरो जरिवाना को भागिदार हुनु पर्ने हुन्छ जसलाई १५ दिन भित्र तिरी सक्नु पर्ने जानकारी दिएको छ।

यो पनि पढ्नुहोस् :मंगलबार ८३ जना, बुधबार ५१ जनामा कोरोना पुस्टि

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *