कोरोनादेश विदेश

युराेपमा काेराेना सङ्क्रमण तीव्र गतिमा फैलिँदै, फेरि कडाइ गरिँदै

शेयर गर्नुहोस्

 युरोपका कैयौँ देशमा कोरोना सङ्क्रमण बढ्न थालेपछि फेरि एक पटक प्रतिबन्धको घोषणा गरिएको छ । बेलायतमा सङ्क्रमणको अवस्थालाई हेरेर मध्यम, उच्च र अति उच्च खतरायुक्त तीन हिस्सामा बाँडिएको छ र त्यही अनुसारको प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुले अहिले पनि सार्वजनिक ठाउँमा मानिसहरुले कडा रुपमा नियमको पालना नगरेको बताएका छन् ।

चेक गणतन्त्रमा तीन हप्ताको लागि आंशिक लकडाउन लगाइएको छ, जसका कारण विद्यालय, बार र क्लब बन्द राख्नुपर्ने छ । युरोपेली देशहरुमा प्रति एक लाख जनसङ्ख्याको हिसाबमा सबैभन्दा धेरै सङ्क्रमण चेक गणराज्यमा देखिइरहेको छ । त्यहाँका स्वास्थ्यमन्त्रीले लकडाउन खुकुलो भएसँगै मानिसहरु धेरै नै सामान्य हुन थालेको बताउनुभएको छ । चेक गणराज्यले गएको मार्च महिनामा निकै हतारमा र कडाइपूर्वक लकडाउन लगाएको थियो । तर गएको जुन महिनामा प्रतिबन्ध खुकुलो बनाइएपछि राजधानी प्रागको चार्ल्स ब्रिजमा सङ्कट समाप्त भएको खुसीयाली मनाइएको थियो ।

नेदरल्याण्डले पनि आउँदो चार हप्ताको लागि आंशिक लकडाउन लगाएको छ । त्यहाँ सार्वजनिक ठाउँमा मास्क लगाउनु अनिवार्य गरिएको छ । युरोपका कैयौँ देशका अस्पतालमा बिरामीहरुको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ ।

फ्रान्सको राजधानी पेरिसमा सरकारी अस्पतालहरुको सङ्गठनले आउँदो हप्ताको अन्त्यसम्ममा पेरिसका अस्पतालहरुको ९० प्रतिशत शय्या भरिनेछ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन बुधबार अझै कडा प्रतिबन्धको घोषणा गर्दै हुनुहुन्छ । पेरिसका केही ठाउँमा रातमा कर्फ्यु पनि लगाउन सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्  ।

जर्मनीकी चान्सलर एन्जेला मर्केलले पनि स्थिति गम्भीर बनेको बताउनुभएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “युराेपमा काेराेना सङ्क्रमण तीव्र गतिमा फैलिँदै, फेरि कडाइ गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *