साइप्रस न्युज

साइप्रसमा नयाँ नियम लागु, विशेष नियम लिमासोलमा

शेयर गर्नुहोस्

समिम मियाँ

१७ अक्टोबर २०२०/ लिमासोल

सरकारले कोरोना नियन्त्रण गर्न भोलि देखि देश भरि लागु हुने गरि विभिन्न उपाय र बन्देज लागु गरेको छ। शनिवार रास्ट्रपति निकोस अनास्ट्सियादेश, स्वास्थ्य मंत्री र महामारी नियन्त्रण बिज्ञको टोलि संग भएको छलफल पछि विभिन्न निर्णय गरिएको हो । बितेका केहि दिन मा कोरोना संक्रमणमा तीव्रता आए पछि भोलि देखी देश भर नयाँ नियम लागु हुनेछन जुन गत मंगलबार देखि निकोसिया र लिमासोल जिल्लामा कार्यान्वयनमा छ। हाल कार्यान्वयनमा रहेका नियम २ हप्ताका लागि थप गरिएको हो।

त्यस्तै, दैनिक उपभोग्य सामाग्री खरिद वा सेवा लिने स्थानमा कमजोर वर्ग र वृद्दवृद्धा का लागि अलग समय तोकिएको छ। फार्मेसी, सुपरमार्केट, बेकरी जस्ता दैनिक उपभोग हुने स्थानमा बिहान ८ देखि ९ बजे सम्म साठी वर्ष माथिका वृद्ध, असहाय र कमजोर मात्र प्रवेश गर्न मिल्ने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यता, कोरोनाको केन्द्रबिन्दु बनेको लिमासोल जिल्लाको लागी खास नियमको घोसणा गरिएको छ। बिहिबार १०४ संक्रमित मध्य ६१ जना लिमासोल बाट भएको पाइएको थियो साथै लिमासोलाका केहि रेस्टुरेन्ट र क्याफेमा पनि संक्रमण देखिए पछि ‘ड़ीसइन्फेक्सन’ गराइएको थियो। संक्रमितको एकदम नजिक रहेका (“क्लोज कन्ट्याक्ट’) को संख्या हेर्दा करिब २५०० जना रहेको देखिए पछि लिमासोलमा बढ्न सक्ने सम्भावित संक्रमण रोक्ने कोसिस अनुरुप अक्टोबर १८ तारिख बाट एक हप्ताको लागि खास नियम र सुझाबको घोसणा गरिएको हो।

यो पनि पढ्नुहोस् : मास्क बारे के छ नियम ?

देश भर लागु भएको नियममा के छ ?

नियम अनुसार घर वा अपार्टमेन्टमा हुने व्याक्तिगत भेटघाट वा बैठकमा बालबालिका सहित १० जना भन्दा बढी सहभागी हुन् निषेध गरिएको छ। साथै रेस्टुरेन्टको क्षेत्रफल अनुसार इन्डोर मा ३ स्क्वायर मिटर र बाहिर खुल्लामा २ स्क्वायर मिटर दुरी कायम गरि भित्र ७५ र बाहिर १५० जना सम्म ग्राहक राख्न सकिनेछ भने एक टेबल मा दस जना भन्दा बढीलाई राख्न निषेध गरिएको छ।

चर्च, मस्जिद, मन्दिर र अन्य धार्मिक स्थलमा ७५ जना भन्दा बढी सहभागी हुन पाइने छैन यधपी सुरक्षाका उपाय र मास्क भने अनिवार्य गरिएको छ। खेलकुद सम्बन्धि सबै क्रियाकलापहरुमा दर्शक बिना नै संचालन गर्न सकिने मन्त्रालयले बताएको छ । सिनेमा हल र थियटरमा पचास प्रतिशत दर्शक राखी संचालन गर्न अनुमति दिइएको भए पनि यद्यपि स्वास्थ्य मन्त्रालयको निर्देशन र प्रोटोकोल अनुसारको सतर्कता अपनाउनु पर्ने छ। कक्टेल पार्टी, बिवाहका ‘बप्तिस्मा’ र बधाई दिने कार्यक्रममा प्रतिवन्ध लगाइएको छ। विवाह भोजमा भने तिन सय पचास जना सहभागी हुन सकिने घोसणा गरिएको छ ।

लिमासोलाका लागि विशेष नियममा के छ ?

महामारीको केन्द्र बनेको लिमासोलाको स्थितिमा नियन्त्रण गर्न सात दिनका लागि विशेष नियम लागु गरिएको छ। आइतबार राति १०:३० देखि अनिवार्य रुपमा भोजनालय र रेस्टुरेन्ट बन्द गर्नु पर्ने निर्णय गरिएको छ जुन अक्टोबर २६ सम्म लागु हुनेछ। त्यस्तै १८ अक्टोबर देखि देखि एक हप्ताको लागि राति ११:३० बाट लिमासोल का सबै स्ट्रीट मा गाडी चलाउन वा अन्य क्रियापलप नगर्न सुझाव दिएको छ । अति आवश्यक नपरे सम्म राति बाहिर ननिस्कन सुझाब दिएको छ । यी सुझाव पालन भए नभएको अधिकारीहरुले अनुगमन गर्ने छन्। ‘यो बन्देज नभई सुझाव हो, सुझाव नमानेको पाइएमा आवश्यकता अनुसार थप कडा प्रतिबन्ध लागु गरिनेछ ” स्वास्थ्य मंत्री अयान्नुले भन्नुभयो ।

यो पनि पढ्नुहोस :हृदयविदारक घटना : सालनाल सहितको मृत शिशु फेला

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रसमा नयाँ नियम लागु, विशेष नियम लिमासोलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *