आइतबार ६२ जनामा संक्रमण ,एक्कासी किन कम भयो कोरोना ?

शेयर गर्नुहोस्
१८ अक्टोबर २०२०/ लिमासोल

शनिवार २०२ जनामा संक्रमण देखिए पछिको २४ घण्टामा कोरोना को संक्रमण मा उल्लेखनिय कमि आएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार जम्मा ६२ जनामा कोरोना संक्रमण भएको पुस्टि भएको हो।

शनिवार र आइतबार खुल्ला रहेका ल्याब बाट ३६८८ टेस्ट गरिएको थियो। जसमध्य एयरपोर्ट बाट ५ जनामा र अन्य ५७ जना विभिन्न ल्याब बाट आएको नतिजामा पुस्टि भएको हो।

शनिवार तुलनामा आइतबार भाइरसको संक्रमणमा कम आउनुमा मुख्य कारण नमुना संकलन र परिक्षण नहुनु हो। लिमासोलामा रहेका २ ठुला ल्याबहरु शनिवार र आइतबार संचालनमा नरहेकोले परिक्षण हुन नसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार एक तिहाइ ल्याब र नमुना संकलन केन्द्र मात्र यी २ दिन संचालन मा रहेका थिए। आजको तथ्यांक सहित कोभिड संक्रमित को संख्या २६४४ पुगेको छ। मन्त्रालयले आगामी दिन मा कोरोना संक्रमितको संख्यामा उल्लेखनीय वृद्धी हुने अनुमान गरेको छ।

कहाँ कति नमुना परिक्षण भए कति संक्रमित भेटीए ?

पोजेटिभ भएकाको निकट सम्पर्कमा आएका व्याक्तिहरुको ३८० टेस्ट मध्य २२ जनामा , व्यक्तिगत रुपमा चेक गराउन गएका ९३२ मध्य २७ जना, एयरपोर्टबाट संकलित १२४९ नमुना मध्य ५ जना, माइक्रोबायोलोजिकल ल्याब मा २२० नमुनाबाट ४ जना, व्याक्तिगत डाक्टर र जनस्वास्थ्य क्लिनिकको सिफारिस अनुसार २२२ नमुनामा १ जना, लार्नाका र फामागुस्ता जिल्लाका गाउँहरुमा खटाइएको टोलि बाट संकलित ३१८ नमुना बाट १ जना र साइप्रस फुटबल एसोसियसनको कार्यक्रममा लिएको २५३ नमुना मध्य १ मा कोभिड १९ पोजेटिभ देखिएको थियो।

यो पनि पढ्नुहोस् : साइप्रसमा नयाँ नियम लागु, विशेष नियम लिमासोलमा

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *