आज ९१ जनामा संक्रमण, २ नेपालीलाई पनि जरिवाना

शेयर गर्नुहोस्

२६ अक्टोबर २०२०

पछिल्लो २४ घन्टामा साइप्रसमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २२८५ नमुनाको परिक्षण गरिएको थियो जसमध्य १२३७ नमुना एयरपोर्ट बाट संकलन गरिएको हो। एयरपोर्ट बाट संकलित नमुनाको परिक्षणमा १२ जनामा कोरोना पोजिटिभ पाइएको हो। बाँकी १०४८ नमुना बाट ७९ जनामा संक्रमण पुष्टि भएको हो। समुदाय स्थर फैलिएको कोरोना को आंकडा अनुसार हाल १३ जना मध्य १ जनामा कोरोना संक्रमण भएको देखिन्छ। आजको आंकडा सहित हाल सम्म कोरोना संक्रमित को संख्या ३,६३६ पुगेको छ। हाल फामाहुस्ता हस्पिटलमा २५ जना उपचार गराई रहेका छन् जसमध्य ४ जना आइ सी यु मा छन्।

नेपाली लाई जरिवाना

लार्नाकामा २ नेपाली लाई प्रहरीले कोरोना सम्बन्धी नियमावली उल्लङ्घन गरेको भनि जरिवाना काटेको छ। आइतबार साथी भेट्न पुगेका गोपाल बुढा र प्रकाश स्याङ्गतानलाई जनही तिन सय युरो जरिवाना गराएको हो। गफगाफ मा भुल्दा मास्क चिउडोको राखीरहेको अवस्थामा सिभिल ड्रेसमा आएका प्रहरीले भेटेपछि जरिवाना तिराएको गोपाल बुढाले बताए। बाहिर निस्कदा अनिवार्य मास्क लगाउनै पर्ने नियम छ। कोरोनाबाट सुरक्षित हुन बाहिर निस्कदा मास्क अनिवार्य लगाएर हिड्न र जरिवाना बाट बच्न उनले अनुरोध गरेका छन्। प्रहरीले दैनिक रुपमा मास्क लगाएको नलगाएको बारे अनुगमन गर्ने गरेको छ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *