कोरोनादेश विदेश

नेपालमा कोरोना सङ्क्रमितको संख्या झण्डै १ लाख ६० हजार

शेयर गर्नुहोस्

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको संख्या झण्डै १ लाख ६० हजार पुगेको छ ।

गएको २४ घण्टामा एक हजार ७ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या १ लाख ५९ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ लाख १५ हजार ६ सय ७५ जनाले कोरोना जितेका छन् ।

गएको २४ घण्टामा ४ हजार ५ जना निको भएका हुन् । अहिले नेपालमा ४३ हजार २ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ । यस्तै गएको २४ घण्टामा नेपालमा १५ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ सय ६२ पुगेको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *