देश विदेश

बाके जिल्लामा फेरि चमार बालकको आखा फुटालेर हत्या , हत्यारालाई कारवाही गर्न चमार कल्याण समाजको जाडदार माग

शेयर गर्नुहोस्

लुम्बिनी प्रदेश ,बुटवल
बाके जिल्लाको दुदुवा नगरपालिका वडा न. ३ बकटावा गाउमा एक दलित बालकको आखा फुटालेर हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यलय बाकेका अनुसार स्थानिय विश्राम चमारको १२ बर्षिय छोरा सुनिल हरिजन चमारको गत सोमवार राति दुबै आखा फुटालेर स्थानिय खोला नजिकै शवलाई फालिएको अवस्थामा भेटिएको जनाएको छ ।

प्रहरीले बालक हरिजनको हत्यारालाई खोजतलास गरिरहेको जनाएको छ । यता चमार कल्याण समाज नेपाल केन्द्रिय समतिले आफनो बाके जिल्लाका कार्यसमिति सदस्य राम सागर हरिजनको भतिजाको अज्ञात समुहले यसरी हत्या गरिनु र नेपाल प्रहरीले हत्यारालाई पहिचान गरि पक्राउ नगरेको प्रति घोर अपत्ति जनाएको छ ।

समाजका केन्द्रिय संयोजक दिनेश चमारका अनुसार हरेक दिन नेपालमा खाली गैरदलितहरुद्धारा चमार समुदायहरुलाई मात्रै हत्या , जातिय बिभेद , छुवाछुतको सामना गर्नु परेको र अब आmनो समुदायका बालबालिकाहरु समेत असुरक्षित भएको भन्दै नेपाल भरि रहेका चमार समुदायहरुको सुरक्षाको ज्ञारेन्टी गर्न माग गरेका छन ।

उता चमार कल्याण समाज नेपालको प्रवास कमिटि मलेसियाका संयोजक नन्दलाल चमार , महासचिव रामकिसोर महरा , उपाध्यक्ष विनोद राम , कोषाध्यक्ष सुरेन चमार , सचिव सुरेस चमार , कतार समितिका संयोजक रामएकबाल महरा , साउदीअरेवियाका संयोजक सुरेन्द्र कुमार महरा , चमार कल्याण समाज नेपालका केन्द्रिय सदस्य उदय नरायण चमार , के.सदस्य मनोज राम, लेखक एवमं के.सदस्य राजदेव चमार विद्रोही ,चमार समाज दुबईका प्रतिनिधि दिपेन्द्र चमार , कुबेतका प्रतिनिधि सत्रुधन चमार , बहुजन समाज परिषदका संयोजक एवमं चमार समाजका केन्द्रियसदस्य हरिनन्दन चमार लगाएतले आजै प्रेस विज्ञाप्ती जारी गर्दै हत्याराहरुलाई कारवाहीका लागि माग गरेका छन ।

यसरी चमार समुदायहरुका अबोध बालकको हत्या गरिनु भनेको हाम्रो समुदायहरु माथि ठाढो हत्या गर्नु भनी हामी बुझेका छौ । तसर्थ हत्यामा संलग्न जो कोही भए पनि कारवाही गर्न नेपाल सरकार समक्ष चमार कल्याण समाजका सबै केन्द्रिय सदस्य , आईसिसि प्रतिनिधि , प्रवास कमिटिहरुले अनुरोध गरेका छन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *