देश विदेश

रुपन्देहीको सम्मरीमाई गाउपालिकामा चमारहरुद्धारा विरोध सभा

शेयर गर्नुहोस्

राम शरण रैदास
लुम्बिनी प्रदेश , भैरहवा

नेपालमा दलित समुदायहरु माथि भैरहेको दमनको विरोधमा आज रुपन्देहीको सम्मरीमाई गाउपालिकामा चमार कल्याण समाज नेपाल गाउ कमिटिले विरोध गरेको छ ।

चमार समाज गाउपालिकाका संयोजक सर्बेन्द्र कुमार हरिजनको नेतृत्वमा गाउपालिका स्तरिय दलितहरु माथि भैरहेको हत्या , महिलाहरुलाई बलत्कार , जातिय विभेद अन्त्य , बाकेमा अबोध बालकको हत्या लागाएतका विभिन्न माग गर्दै विरोध गरिएको वडा न. चारका अध्यक्ष ओम प्रकास रैदासले जानकारी दिए ।

अध्यक्ष रैदासका अनुसार पहिला नेपालको प्रदेश न. २ मा दिनहु चमार , दलितहरु माथि हत्या हिसां भैरहेको र अब लुम्बिनी प्रदेशमा पनि त्यस्तै घटना घटनु भनेको राज्यले अपराधीहरुलाइृ कहि संरक्षण गरिरहेको जस्तो आफुहरुलाई लागेको बताए ।

चमार समुदायहरुको अधिकारका लागि सम्मरीमाई गाउपालिकाले कुनै चासो समेत नदिएको , एकल महिलाहरुलाई भत्ता , घर निमार्ण , बाटोघाटो नबनाएको सबै चमार समुदायहरुले अरोप लगाएका छन । गाउपालिका अध्यक्षले चमार समुदायहरुलाई उपेक्षा गरिरहेकोले अब गाउपालिकाको विरुद्धमा समेत विरोध कार्यक्रमहरु गरिने संयोजक सबेन्द्र हरिजनले जानकारी दिए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *