देश विदेश

साढे ३ अर्ब ठगी गर्ने भारतीय मूलका अमेरिकी दम्पती

शेयर गर्नुहोस्

काठमाडौं। अमेरिकामा अवकाशप्राप्त सैनिकलाई सरकारले दिने सहयोग रकममा घोटाला गरेर सरकारलाई २९ मिलियन डलर (३ अर्ब ४२ करोड नेपाली रुपैयाँ) ठगी गर्ने भारतीय मूलका अमेरिकी दम्पती दोषी ठहर भएका छन् । उनीहरुले अमेरिका सरकारले अवकाशप्राप्त सैनिकहरुलाई शिक्षा क्षेत्रमा सहयोग गर्नको लागि ल्याएको कानुन ‘पोस्ट ९र११ जीआइ बिल’को दुरुपयोग गरेर अमेरिका सरकारको डिपार्टमेन्ट अफ भेट्रान अफेयर्सलाई ठगी गरेको पाइएको हो । ‘पोस्ट ९÷११ जीआइ बिलले अवकाश प्राप्त सैनिक र अन्य योग्य व्यक्तिहरुलाई शिक्षासँग सम्बन्धित खर्चमा सहयोग गर्छ ।

इण्डिगोन्यूजका अनुसार सान डिएगोमा प्राविधिक प्रशिक्षण केन्द्र ब्लु स्टार लर्निङ संचालन गरिरहेका ३६ वर्षका निमेश शाहले यसरी सरकारी विभागलाई ठगी गरेका हुन् । उनको स्कुलमा भेट्रानहरु भर्ना भएका थिए र विभागले सिधै उनको स्कुललाई यो रकम भुक्तानी गरेको थियो । यसबाहेक नियमअनुसार विभागले भेट्रानहरुलाई नियमअनुसार आवास खर्च, किताब खर्च, अन्य सामग्रीहरुसहित विभिन्न खर्चहरु पनि दिने गर्छ । शाहले जालसाजी गरी गलत दस्तावेज पेश गरेपछि विभागले ११ मिलियन डलरभन्दा बढी ट्युशन खर्च र १८ मिलियनभन्दा बढी आवास खर्च भुक्तानी गरेको थियो ।

शाहकी पत्नी ३४ वर्षकी निधि शाह पनि सोही केसमा झुटो बयान दिएको आरोपमा दोषी ठहर भएकी छिन् । अनुसन्धानकर्ताहरुले उनको बयान लिने क्रममा उनले झुटो बयान दिएकी थिइन् । शाहले गैर भेट्रान विद्यार्थीको गलत विवरणसहितको फाइनल तयार गरेर उनीहरु भेट्रान भएको दावी गर्दै सरकारसमक्ष सहयोगको दावी गरेका थिए । उनले आफ्नो केन्द्रका विद्यार्थीहरुले सूचना प्रविधिको क्षेत्रमा जागिर पाएको दावी पनि गरेका थिए र यसका लागि सबैजसो विवरण झुटो पेश गरेका थिए ।

उनले आफ्ना विद्यार्थीले जागिर पाएको देखाउन ३० काल्पनिक कम्पनीहरु खडा गरेका थिए जहाँ उनका विद्यार्थीहरुले जागिर पाएको विवरण सरकारी विभागमा पेश गरिएको थियो । उनले सबै काल्पनिक कम्पनीका इमेल, वेबसाइट संचालन गर्नको लागि केही कामदार समेत राखेका थिए । उनले ब्लु स्टार लर्निङकै कर्मचारीको नाममा ३० वटा मोवाइल फोन खरिद गरेर यी फोन रोजगारदाताको भएको झुटो विवरण पेश गरेका थिए ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *