देश विदेश

स्याङ्जामा एक युवककाे कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ

शेयर गर्नुहोस्

स्याङ्जा – स्याङ्जामा एक युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।पुतलीबजार नगरपालिका ६ पुरीस्वाराका २९ वर्षीय सूर्यबहादुर गुरुङलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रवक्ता अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा पुरीस्वाराका ३४ वर्षीय टाउके भन्ने इन्द्रजित गुरुङ, ३४ वर्षीय गिरेबहादुर गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

मङ्गलबार राति पुतलीबजार नगरपालिका ६ टक्सार कोल्डाँडा पहिरोमा मादक पदार्थ सेवन गरी दुई पक्षबीच झडप हुँदा सूर्यबहादुर गम्भीर घाइते भएका थिए । घाइते गुरुङको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।  

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *