देश विदेश

टर्की र अमेरिकाबीच किन बढ्दै छ तनाव ?

शेयर गर्नुहोस्

वाशिंगटन (एजेन्सी)। अमेरिका र टर्कीबीच रुसको एस ४)) एअर डिफेन्स सिस्टमलाई लिएर विवाद बढ्ने देखिएको छ। गएको हप्ता टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले रुसमा बनेको एस ४०० सिस्टमको टर्कीले परीक्षण गरेको पुष्टि गरेका थिए। एस ४०० डिफेन्स सिस्टमको खरिदलाई लिएर अमेरिका र टर्कीबीच यसअघि पनि बयानबाजी भएको थियो।

अर्दोआनले यो मामिलामा अमेरिकाको आपत्तिको कुनै प्रवाह नभएको बताएका छन्। उनले भनेका छन्, ‘परीक्षण भइरहेका छन् र भएका छन्। अमेरिकाको भनाईप्रति हामीलाई केही मतलव छैन। यदि हामीले आफूसँग रहेको यो क्षमताको परीक्षण नगर्ने हो भने गर्ने के त?’

यसपछि अमेरिकी रक्षा मन्त्रालयले मिसाइल डिफेन्स सिस्टम परीक्षणको कडा निन्दा गरेको छ। पेन्टागनका प्रवक्ता जोनाथन रथ हाफम्यानले यी परीक्षणले सुरक्षा सम्बन्धमा गम्भीर खतरा उत्पन्न गराएको बताएका छन्। उनले भने, ‘हाम्रो अडान स्पष्ट छ, टर्की अमेरिका र नेटोको सहयोगी रहेको प्रतिवद्धताअनुसार काम भएको छैन।’

टर्कीले रुसमा बनेको एअर डिफेन्स सिस्टम परीक्षण गरिरहेको रिपोर्ट दुई हप्ता पहिलादेखि नै आएको थियो। यसपछि अमेरिकी रक्षा मन्त्रालय र विदेश मन्त्रालय तथा केही सांसदहरुले कडा आपत्ति जनाएका थिए। पेन्टागनले चेतावनी दिँदै टर्कीमा यो सिस्टम एक्टिभेट गर्न नहुने बताएको थियो। टर्कीले पहिलो पटक २०१७ मा रुसबाट एअर डिफेन्स सिस्टम किन्ने सम्झौता गरेको थियो। यसको डेलिभरी गत वर्ष जुलाईमा शुरु भएको थियो।

अमेरिकी अधिकारीहरुले टर्कीलाई एडभान्स रुसी रडार टेक्नोलोजीको उपयोग नगर्न भनेका थिए। अमेरिकाले यसबाट नेटोको मिलिटरी सिस्टम्समा खतरा उत्पन्न हुने तर्क गरेको थियो। टर्कीले यी चिन्ताहरुलाई खारेज गरिसकेको छ। र अर्दोआनले अमेरिकाले त्यस्तो केही गर्न नसक्ने जसले टर्कीले आफ्नो अडान छोड्नुपरोस भनेका थिए। उनले भनेका थिए, ‘शायद अमेरिकीहरु यो हतियार रुसमा बनेको भएकाले चिन्तित छन्। हामी आफ्नो बाटो हिँड्न प्रतिवद्ध छौं।’

२०१७ मा टर्की र रुसबीच एस ४०० एअर डिफेन्स सिस्टम खरिदका लागि २.५ अर्ब डलरको सम्झौता भएको थियो। यो वर्ष टर्कीले रुसबाट थप एस ४०० सिस्टम खरिद गर्ने सम्झौता गरेको छ।

रक्षा मामिलाका जानकार तथा इण्डियन डिफेन्स रिभ्यूका एसोसिएट एडिटर कर्णेल दानवीर सिंहले अमेरिका र टर्कीबीच केही कारणले तनाव उत्पन्न भएको बताए। उनले भने, ‘सिरियामा टर्की रुससँग मिलेर लडिरहेको छ, जबकी अमेरिका यसको विपरित छ। यसबाहेक आर्मिया र अजरबैजानको युद्धमा पनि अमेरिका र टर्की फरक फरक पक्षको समर्थनमा छन्। टर्कीले मध्य पूर्वमा अमेरिका ठूलो सहयोगी साउदी अरबलाई पनि चुनौति दिइरहेको छ। यतिमात्र होइन, अमेरिका विरोधी इरानको पक्षमा पनि टर्की उभिएको छ।’

उनले यूरोपमा टर्कीले ग्रीसलाई तनाव दिइरहेको छ भने हाल फ्रान्सविरुद्ध पनि मोर्चा खोलेको भन्दै यी सबै चिजले तनाव उत्पन्न गराएको बताए। उनले भने, ‘नेटो गठबन्धनम यदि एस ४०० डिफेन्स सिस्टम जोड्ने हो भने तनाव उत्पन्न हुनेछ। टर्कीले यो सिस्टम जोड्यो भने यो नेटोका लागि खतरा हुनेछ र अमेरिकी प्रभावलाई चुनौति पनि हुनेछ।’

पहिलो सम्झौतादेखि हालसम्म अमेरिकी आपत्तिमा टर्कीले ध्यान दिएको छैन। र अमेरिकी आपत्तिप्रति मतलव नगर्दै उसले रुसबाट एस ४०० को नयाँ सम्झौता गरेको छ। यसबाट अमेरिका निकै दुःखी बनेको छ।

एस ४०० ट्रायम्फ एक एअर डिफेन्स मिसाइल सिस्टम हो। जसलाई रुसको अलमाज सेन्ट्रल डिजाइन ब्यूरोले विकसित गरेको हो। यो सिस्टमले एस ३०० पी र एस २०० लाई विस्थापित गर्नेछ।

एस ४०० जमिनबाट हावामा मार हान्ने मिसाइल सिस्टम हो। यो सिस्टम २००७ मा रुसी सेनामा लागू गरिएको थियो। रुससँग एस ४०० का ४ वटा फरक फरक रेजिमेन्ट छन्। र फर फरक स्थानमा तैनाथ गरिएको छ।

एस ४०० एअर डिफेन्स सिस्टम एक मल्टीफंक्शन रडा, अटोनोमस डिटेक्शन एण्ड टारगेटिंग सिस्टम्स, एन्टी एअरक्राफ्ट मिसाइल सिस्टम्स, लन्चर्स र कमाण्ड र कन्ट्रोल सेन्टरसँग जोडिएको हुन्छ। यसले तीन किसिमका मिसाइलहरु फायर गर्न सक्छ। जसले लेयर्ड डिफेन्स तयार गर्न सक्छ।

यो सिस्टमले हरेक प्रकारको हवाई आक्रमणको मुकाबिला गर्न सक्छ। यसमा एअरक्राफ्ट, ड्रोन, ब्यालिस्टिक तथा क्रुज मिसाएल पनि पर्छन्। ३० किलोमिटरको उँचाईसम्म यसको रेन्ज ४०० किलोमिटर छ। यो सिस्टमले एकै पटक ३६ लक्ष्यमा निशाना लगाउन सक्छ।

हाल यो सिस्टम रुसले विकसित गरिरहेको छ भने भारत, टर्की, चीन, साउदी अरबले रुससँग यो सिस्टम खरिद गर्ने सम्झौता गरिसकेका छन्।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
click here

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *