साइप्रस न्युज

कोरोना कहर: साइप्रसमा कोरोना संक्रमित १०० पुग्यो

शेयर गर्नुहोस्

स्वास्थ्य मन्त्रालयले बिहीवार दिउँसो दिएको जानकारी अनुसार थप 9 जनामा कोरोना संक्रमण भएको छ । यो संगै पुष्टि भएका बिरामीको जम्मा संख्या 67 भएको छ ।
आजका 6 जना बिरामीहरु केही दिन अघि कोरोना भएका व्याक्तिको सम्पर्कमा आउदा सरेको मन्त्रालयले जनाएको छ ।
बाकी 3 जना भने बुल्गेरिया, युके र इटालीबाट फर्किएर सेल्फ आइसोलेसनमा बसेका थिए । उनि हरुले कोरोनाको लक्षण देखिन थाले पछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए ।

बिहिबार अबेर साँझ दिएको जानकारी अनुसार उत्तरी साइप्रसमा पनि कोरोना संक्रमित को संख्या ३३ पुगेको छ।

ति मध्य ३० जना जर्मन नागरिक हुन् भने ३ जना टुर्किस सिप्रियोट हुन्। आज आएको परिक्षण रिपोर्टमा भने १३ जनामा संक्रमण पुस्टि भएको हो।

विदेश बाट आएका २०० भन्दा बढीलाइ क्वारेन्टाइनमा रखिएको छ।। कोरोना भाइरस फैलिदै थाले पछि उत्तरी साइप्रसमा पनि कडा कदम उथाइएको स्थानीय संचार माध्यमले जनाएका छन्।

ग्रीन लाइन का दुवै साइडमा हेर्ने हो भने  कोरोना संक्रमित को सख्या १०० पुगेको छ।  

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *