कोरोना

आज एक को मृत्यु, १४९ मा कोरोना पुष्टि(अपडेट )

शेयर गर्नुहोस्

३१ अक्टोबर २०२०/लिमासोल

साइप्रसमा आज एक जनाको कोभिड १९ ले गर्दा मृत्यु भएको छ। फामागुस्ता अस्पतालमा उपचाररत ९१ वर्षीय वृद्धको मृत्यु भएको हो। हाल सम्म कोरोना संक्रमण बाट २६ जनाको मृत्यु भै सकेको छ। स्वास्थ्य मन्त्रालयले आज थप १४९ मा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ। पछिल्लो २४ घन्टामा ४७८३ परिक्षण गरिएको थियो। हाल सम्म कोरोना संक्रमितको संख्या ४३६६ पुगेको छ।

स्कुलका विधार्थी, शिक्षक तथा स्टाफ को परिक्षण कार्यक्रम अन्तर्गत १७२ नमुना परिक्षण बाट १ जना, केओपी अन्तरगत फुटबल क्लबको ६६ नमुना बाट १ जना, कन्ट्याक्ट ट्रेसिंग बाट ८३८ नमुना मद्य ९ जनामा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै, एयरपोर्टमा संकलित ८९५ नमुना बाट १० जनामा, व्याक्तिगत परिक्षणका लागि संकलित १९७४ नमुना बाट ८४मा कोभिड १९ देखिएको हो।

मन्त्रालयका अनुसार सरकारी हस्पिटलका ल्याब बाट परिक्षण गरिएका ३२ नमुना मध्य ८ मा र व्याक्तिगत डाक्टरको सिफारिस कार्यक्रम अन्तर्गत लिएका र जन-स्वास्थ्य क्लिनिकहरूको माध्यमबाट विशेष समूहहरूको २६१ नमुना परिक्षणबाट ४ जनामा कोरोना पुस्टि भएको छ।
सरकारले पापोस जिल्लाको पोलिस क्राइसोकुस सिटीका बासिन्दा बाट २९५ नमुना लिएको मध्य १३ जना कोभिड १९ पोजेटिभ भेटीए भने लिमासोल जिल्ला अन्तर्गत पर्ने किपरुटा गाउँका बासिन्दाको परिक्षण गर्न लिएइको २५० नमुना बाट १९ जनामा कोरोना भेटिएको थियो।

फामागुस्ता हस्पिटल र निकोसिया जेनेरल हस्पिटलमा हाल ३७ जना भर्ना भएका छन्।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *