साइप्रस आउँन नयाँ नियम, क्वारेन्टाइन बस्नै पर्ने बाध्यता

शेयर गर्नुहोस्

साइप्रस-नेपाल/लिमासोल

१५ मार्च

कोरोना भाइरस फैलन बाट बचाउन साइप्रस सरकारले थप कदम चालेको छ । रास्ट्रपति निकोस अनास्टसियाडेसले 700 मिलियन युरो को प्याकेज घोषणा गर्नु हुदै साइप्रसका सबै प्राइभेट कम्पनीले आफ्नो सबै काम स्थगित गर्नु पर्ने र साइप्रस प्रवेश गर्न नयाँ नियम पालना गर्नु पर्ने घोषणा गर्नु भएको हो ।

१६ मार्च देखि साइप्रस प्रवेश गर्न चाहने नागरिकले आफ्नो देशबाट कोरोना टेस्ट गरि नेगेटिभ भएको मेडिकल प्रमाणपत्र देखाउनु पर्ने छ ।

साथै साइप्रस सरकारले उपलब्ध गराएको क्वारेन्टाइन सेन्टर मा 14 दिन अनिवार्य बस्नै पर्ने बताएको छ । यी सर्तहरु नमानेको खन्ड मा साइप्रसमा प्रवेश नदिने रास्ट्रपति ले बताउनु भयो ।

१६ मार्च देखि 30 अप्रिल सम्म यो नियम लागू हुने सरकारले बताएको छ ।

छुट्ती गएका नेपालीले साइप्रस फर्किदा नेपालमा कोरोना टेस्ट गराएर नेगेटिभ रिजल्ट भएको मेडिकल रिपोर्ट देखाउनु पर्ने छ भने १४ दिन क्वारेन्टाइन मा पनि बस्नु पर्ने छ । नेपालीको हकमा यो निकै झन्झटिलो प्रक्रिया हुने पक्का छ ।

यो पनि पढ्नुहोस् : कोरोना भाइरस (कोभिड-१९) – भ्रम र यथार्थ

यता प्राइभेट कम्पनीहरु भने जस्तै सपिङ्ग मल, पसलहरु, सिनेमा, थिएयटर, सलुन, मसाज सेन्टर, बार तथा पब, लाइब्रेरी ,क्यासिनो तथा बेटिङ सेन्टर, पुरातात्त्विक स्थानहरु, डिपार्टमेन्टल स्टोर, थिम पार्क संग्रहालयहरु र क्याफे तथा कफि सफ , रेस्टुरेन्टहरु आगामी ४ हप्ताको लागि बन्द हुनेछन् ।

रेस्टुरेन्ट मा डाइन इन बन्द गरिएको भए पनि होम डेलिभरी सेवा भने खुल्ला रहने छ ।

अत्यावश्यक सेवाहरू जस्तै सुपरमार्केटहरू, फार्मेसीहरू, बेकरी, पेट्रोल स्टेशन,कियोस्क र निजी स्वास्थ्य सेवाहरू खुला रहनेछन् भने सार्वजनिक यातायात को व्यवस्था गरीने बताएको छ।

प्राइभेट कम्पनी को दैनिक सेवा बन्द हुँदा पर्ने आर्थिक क्षति मा राहत को लागि सरकारले 700 मिलियन युरो को प्याकेज ल्याएको हो । निजि क्षेत्रमा काम गर्ने कामदार को जागीर जाने खतराबाट बचाउने गरि यो प्याकेज अनुमोदन गरेको हो। यो प्याकेज साइप्रस को जिडिपी को ३% रकम हो ।
साथै सार्वजनिक स्वास्थ्य सेवाका लागि 100 मिनियन युरो बिनियोजन गरिएको रास्ट्रपतिले घोषणा गर्नु भयो ।

फेस मास्क र सेनेटाइजर को कालोबजारी रोक्न पनि सरकारले आवस्यक कदम चालेको छ।

`यो पनि पढ्नु होस् : कोरोना भाइरस बारे जान्नु पर्ने कुरा

यो पनि हेर्नुहोस : पलसँग खाएको कसम तोड्दै आँचलले अर्कैसँग लगनगाँठो कसेपछि…

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *