देश विदेश

भिखारीको बैंक खातामा करोडौं रकम, पाँचवटा घरको मालिक !

शेयर गर्नुहोस्

 एक भिखारीको बैंक खातामा २ करोड २८ लाख रुपैयाँ भेटिएपछि अनुसन्धान गर्ने क्रममा उनी ५ वटा आवासीय भवनको समेत मालिक भएको खुलासा भएको छ । यी महिला भिखारीको नाममा देशका विभिन्न स्थानमा यी ५ घरहरु छन् । ५७ वर्षकी यी भिखारी इजिप्टकी हुन् । अहिले उनलाई त्यहाँ को प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय अखबार अल कस्री अल योउममा प्रकाशित रिपोर्ट उद्धृत गर्दै गल्फ न्यूजमा प्रकाशित समाचार अनुसार यी महिला भिख माग्ने क्रममा एउटा ह्वीलचेयरमा हुन्थिन् । उनी आफूलाई प्यारालाइसिसका कारण खुट्टा नचल्ने महिलाको रुपमा दर्शाउँथिन् । उनी इजिप्टका कैयौं क्षेत्रहरुमा घुमेर भिख माग्थिन् । उनी भिख माग्ने क्रममा ह्वीलचेयरमा हुन्थिन् तर अन्य समय उनी मजाले आफ्नै खुट्टाले हिँड्थिन् ।

महिलालाई केही प्रत्यक्षदर्शीले मजाले आफ्नै खुट्टाले हिँडिरहेको देखेपछि ती महिलाको झुटको खुलासा भएको हो । महिलाको नाम नफीसा बताइएको छ । पुलिसले जाँचको क्रममा महिलालाई कुनै स्वास्थ्य समस्या नभएको पाएको छ । जाँचको क्रममा महिलाका २ बैंक खातामा ३० लाख इजिप्सियन पाउण्ड (२ करोड २८ लाख नेपाली रुपैयाँ) भएको पाइएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *