साइप्रस न्युज

3 जना निको भए, ७७९क्वारेन्टाइनमा

शेयर गर्नुहोस्

मार्च २१ / लिमासोल

सोमबार दिउँसो देखि शनिबार सम्म 779 जनालाई क्वारेन्टाइनमा राखिएको छ भने युके बाट आज 439 जनालाइ उद्दार गरि ल्याइदै छ ।

यी सबै लाई पनि सरकारले बनाएको क्वारेन्टाइनमा राखिने छ । साइप्रस सरकारले 22 होटेललाई क्वारेन्टाइनको रुपमा प्रयोगमा ल्याएको छ ।

यता हवाइ सम्बन्धि संस्था IATA ले साइप्रस पासपोर्टधारी नागरिकलाई 16 देशमा यात्रा गर्न नपाउने गरि बन्देज लगाएको छ ।

स्वास्थ्य मन्त्रालयले पनि अझै केही दिन नाजुक अवस्था रहने हुनाले सबैलाई घर मै बस्न अनुरोध गरेको छ । हिजो मात्र 8 जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ती सबै स्वास्थ्य कर्मी हुन् । आज सम्ममा 75 र टर्की शासित साइप्रस तर्फ शनिबार बिहान थप एक जना सन्क्रमित देखिएको छ यो सङै टर्किस साइड्मा संक्रमीत को संख्या 34 पुगेको छ ।

सुखद खबर भने शुक्रबार आएको थियो जहाँ 3 जनामा कोरोना संक्रमण भएका बिरामी निको भएर घर फर्किए । कोभिड १९ पुष्टि भएको 10 दिन पछि शुक्रवार गरिएको टेस्टमा कोरोना भाइरस नदेखिएकाले ऊनीहरुलाई डिस्चार्ज गरिएको हो ।

ती 3 मध्य २ जनाको उमेर 70 र 80 वर्ष रहेको साइप्रस न्युज एजेन्सीले जनाएको छ ।

यो पनि पढ्नुहोस : साइप्रस आउँन नयाँ नियम

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *