देश विदेश

इन्ट्राग्राममा २० करोड फलोअर्स बनाउने पहिलो ब्यक्ति बने रोनाल्डो

शेयर गर्नुहोस्

एजेन्सी । इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल इन्ट्राग्राममा नयाँ रेकर्ड बनाएका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा २० करोड फलोअर्स बनाएर रेकर्ड बनाएका छन् । ३४ वर्षीय रोनाल्डो इन्स्टाग्राममा २० करोड फलोअर्स बनाउने पहिलो व्यक्ति बनेका छन् ।

विश्वकै प्रख्यात सेलिब्रेटीहरुलाई समेत उछिन्दै उनी इन्स्टाग्राममा धेरै फलोअर्स कमाउन सफल भएका हुन् । रोनाल्डोपछि सबैभन्दा बढी फलोअर्स भएका व्यक्ति अमेरिकी गायिका तथा अभिनेत्री एरियाना ग्रान्डी हुन् । यसअघि पनि रोनाल्डोले आफ्नो कमाइको ठूलो हिस्सा इन्स्टाग्रामबाट गर्दै आएको खुलासा भएको थियो । उनले फुटबल खेलेरभन्दा इन्स्टाग्रामबाट धेरै कमाइ गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रोनाल्डोले एक वर्षमा सामाजिक सञ्जाल इन्स्टाग्रामबाट प्रायोजित पोस्ट गरेबापत पाँच सय ४४ करोड (४७।८ मिलियन डलर) रूपैयाँ कमाएका छन् । उनले ४९ प्रायोजित पोस्ट गर्दै आएका छन् । उनले एउटा प्रायोजित पोस्ट गरे बराबर करिब ११ करोड (९ लाख ७५ हजार डलर) रूपैयाँ लिँदै आएका छन् । रोनाल्डो स्पेनीस क्लब रियल मड्रिडबाट युभेस्टनमा वार्षिक तीन सय ८७ करोड (३४ मिलियन डलर) रूपैयाँमा अनुबन्धन भएका थिए ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *