देश विदेश

सेल्फ क्वारेन्टाइनमा रमाउँदै विराट र अनुस्का

शेयर गर्नुहोस्

काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहली र उनको धर्मपत्नी तथा नायिका अनुस्का शर्मा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । विश्वभर त्रासको रुपमा फैलिएको कोरोना भाईरसबाट जोगिन कोहली र अनुस्का सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

कोरोनाको कारण विश्व प्रभावित बनिरहेको समय यी दुई दम्पति भने सेल्फ क्वारेन्टाइनमा रमाइरहेका छन् । सेल्फ क्वारेन्टाइनमा रहेका उनीहरुले समर्थकहरुलाई समेत घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।

विराट र अनुस्काले एक अर्कालाई समय दिन पाउदैनन् । विराट क्रिकेटमा व्यस्त रहदा अनुस्का फिल्ममा व्यस्त हुने गरेका छन् । तर, कोरोनाको कारण सम्पूर्ण क्षेत्र ठप्प हुँदा विराट र अनुस्काले भने समय विताउने मौका पाएका छन् । सामाजिक संजाल इन्स्टामा अनुस्काले विराटसँग रमाईलो गर्दै गरेको फोटो राख्दै आफु मायामा डुबेको बताएकी छिन् ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *