साइप्रस न्युज

आइतबार ११ मा कोरोना , ग्रिसमा सोमबार देखि कर्फ्यु

शेयर गर्नुहोस्
२२ मार्च / लिमासोल

साइप्रसको स्वास्थ्य मन्त्रालयले जना बिरामीमा कोरोना संक्रमण भएको बताएको छ। जसबाट कोरोना पुष्टि भएका बिरामीहरुको संख्या ९५ पुगेको छ।

नयाँ बिरामीहरु मध्य ४ जना पापोस हस्पिटल संग संबन्धित व्याक्तिहरु हुन् भने अर्का ४ जनाले हालै युके र म्याक्सिको भ्रमण गरि फर्केका थिए। पापोस हस्पिटलमा ६८० जना काम गर्दछन् जसले आज कोरोना जसले परीक्षणको लागि नमूनाहरू दिएका छन्।

कोरोनाको लक्षण देखिन थाले पछि उनीहरुले सम्बन्धित निकायमा सम्पर्क गरेका थिए। २ जना भने पुस्टि भएका ब्याक्तिको सम्पर्कमा आउनाले संक्रमित भएको बताइएको छ।

बाकि १ जनालाइ कसरि संक्रमण भायो भनेर अनुसन्धान चलिरहेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ।

यी ९४ मध्य ५० जना कोरोनाको संक्रमण भएका को सम्पर्क मा आउनाले कोरोना सरेको बताइएको छ।

यता टर्की शासित साइप्रसमा पनि आज ३ जनामा कोरोना देखिएको छ यो संगै कोरोना संक्रमित को संख्या ३८ पुगेको छ जसमा ३१ जना जर्मन पर्यटक रहेका छन्। कोरोना फैलिन नदिन त्यहा पनि ‘लकडाउन ” गरिएको छ।

यो पनि पढ्नुहोस : साइप्रस सरकारको आग्रह घर मै बस्नुहोस्

आइतबार एक ट्विट गर्दै साइप्रस मेडिकल एसोसिएसन (सिएमए )ले अन्य देशले जस्तै साइप्रसले पनि लक्डाउन गर्नु पर्ने बताएको छ।

सीएमएले ग्रीसका प्रधानमन्त्री किरियाकोस मिट्सोटाकिसले रास्ट्रको नाम मा सम्बोधन गर्दै त्यहाँ सबै बन्द गरि कर्फ्यु लागु हुने भएको घोषणा गरेको टिभी प्रशारणलाइ रि-ट्वीट गरेको थियो।

आइतबार एक दिनमा मात्रै ९४ जनामा संक्रमण पुस्टि भएपछी ग्रीसमा कोरोना भाइरसको महामारी रोक्न सोमबार विहान देखि कर्फ्यु लागु हुदैछ। संक्रमितको संख्या ६२४ जना पुगेको छ भने १५ जनाको मृत्यु भै सकेको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *