३ जना को फामगुस्ता हस्पिटलमा मृत्यु

शेयर गर्नुहोस्

१० नोभेम्बर २०२०

कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको ज्यान गएको छ। कोभिड अस्पतालमा परिवर्तन गरिएको फामागुस्ता हस्पिटलमा सोमबार दुइ महिला सहित एक पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको श्रोतको हवाला दिदै स्थानिय मिडियाले जनाएका छन्।

मृतकहरु ६० देखी ८० वर्ष उमेरका भएको बताइएको छ।

मृतक मध्य एक लिमासोल स्थित एक वृद्धआश्रममा रहेका थिए जहाँ केहि हप्ता पहिले ५० जनामा कोरोना संक्रमण पुष्टी भएको थियो।

त्यस्तै, लिमासोलको पलोदिया गाउँमा अवस्थित एक वृद्धआश्रममा रहेका २ मा कोरोना पुष्टी भएको छ। संक्रमित मध्य एक वृद्धआश्रममा बस्ने ६५ वर्षका वृद्द हुन् भने अर्का उनको सम्पर्कमा आएका वृद्धआश्रमका सरसफाई कर्मचारी हुन्। उनीहरु दुवै नोभेम्बर ७ देखि आइसोलेसनामा रहेका थिए।

साइप्रस न्युज एजेन्सीका अनुसार सफाई कर्मचारीको सम्पर्कमा आएका अन्य ६ जना लाइ पनि आइसोलेसन मा राखिएको छ। वृद्धआश्रममा बस्ने र स्टाफ सबै जनाको आज कोरोना परिक्षण हुने बताइएको छ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *