प्रवास

बेलायतमा जमेका राजन :- समाजसेवाबाट लोकप्रियता कमाउदै

शेयर गर्नुहोस्

लण्डन ,जिएनएन , धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ७ चैनपूर स्थायी घर भएका खकुराल बिगत दश बर्ष देखि बेलायतलाई कार्य क्षेत्र बनाई सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् । एक सफल युवा व्यवासायी, समाजसेवी तथा स्वास्थ्यकर्मी खकुराल निडर, बहुप्रतिभाशाली, उदयमान एनआरएनएका युवा अभियान्तको रुपमा चिरपरिचित छन् ।

काठमाडौँ विश्वविद्यालय बाट जनरल मेडिसिन सकाएर २०१० मा बेलायत प्रवेश गरेका खकुराल आफ्नो व्यापार व्यवसाय संगै समाजसेवामा पनि उत्तिकै सक्रियता जनाउँदै आएका छन् । एनआरएनए यूके युथ लिडर अवार्ड बाट सम्मानित खकुराल काठमाडौंमा सम्पन्न हुने गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन सहभागिता जनाउदै आईरहेका छन् । सन् २०१५ मा ब्लड क्यान्सर पिडित हेमन्त कुमारी थापाको उपचार खर्चको लागि नेपाल बिद्यार्थी संघकी महामन्त्री उर्मिला थपलियाको सहयोग अपिलमा सह संयोजकको भूमिका खेली दुई लाख ५० हजार रकम हस्तान्तरण गरेका थिए ।

सन् २०१५ मा भुकम्पको महामारी बखत नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलको सहयोग अपिलमा सह संयोजकको भूमिका खेली एक लाख ५० हजार रकम हस्तान्तरण गरेका थिए । खकुरालले सन् २०१६ स्पाईनल कर्ड इन्जुरी रमेश मिजारलाई एक लाख ५० हजार रकम संयोजन गरि स्पाईनल सर्जन लाई रकम हस्तान्तरण गरेका थिए । स्थापना काल देखि बुद्द फाउण्डेशन यूकेका कोषाध्यक्ष रहेका खकुरालको अग्रिम भूमिकामा निर्माणाधिन कपिलवस्तु वृद्दाश्रमको लागि बुद्द फाउण्डेशनले २०१७ यता करिब ३० हजार पाउण्ड सहयोग नेपाल पठाएको छ ।

हरेक बर्ष ट्राफल्गर स्क्वायरमा मनाइने बुद्द जयन्ती सफल हुनमा खकुरालको अग्रिम भूमिका(आर्थिक संयोजक) रहिआएको छ । उनले २०१८ मा ब्लड क्यान्सर पिडित हेम कुमारी सापकोटाको उपचार खर्चको लागि नेपाल बिद्यार्थी संघकी महामन्त्री उर्मिला थपलियाको सहयोग अपिलमा संयोजकको भूमिका खेली १ लाख ६८ हजार रकम हस्तान्तरण गरेका थिए । बेलायतमा हुने कतिपय खेलकुद क्रियाकलापहरुमा पनि राजन खकुरालको नाम उत्तिकै जोडिने गरेको छ । लण्डनको विश्वप्रसिद्द लर्डस् रंगशालामा नेपाल र एमसीसीबीच भएको ऐतिहासिक क्रिकेट प्रतियोगितामा खकुरालले टिकेटिङ कोअर्डिनेटिङको भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै लर्डस् खेलमैदानमै भएको नेपाल, नेदरल्याण्ड र एमसीसी बीचको त्रिकोणात्मक क्रिकेट प्रतियोगितमा पनि राजन खकुरालको भूमिका कम रहेन । हरेक बर्ष खेलाइने लण्डनको ग्रीनवीचमा हुने “ग्रीनवीच कप” भलिबल प्रतियोगिताको पनि उनले सन् २०१५ देखि २०१७ सम्म लगातार रुपमा संयोजन गरेका थिए भने उनी सन् २०१८ बाट भने ग्रीनवीच मेलाको सहसंयोजक रहेका छन् । उनको संयोजकमा बेलायतमै पहिलो पटक औपचारिक रूपमा महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेका थिए। गैर-आवासीय नेपाली संघ बेलायतको निवर्तमान केन्द्रिय सदस्य राजन खकुरेलले आफ्नो कार्यकालमा एनआरएनए यूकेको च्यारिटी कमिशनमा दर्ता प्रक्रियामा फण्डरेजिङ कोअर्डिनेटरको सफल भूमिका खेलेका थिए ।

२०१८ मा एनआरएनए यूकेले गोर्खा कपमा शुरु गरेको स्वास्थ्य शिविर (हेल्थ क्याम्प) को पनि खकुरालले सहसंयोजकको भूमिका निर्वाह गरे भने २०१९ मा संयोजकको भूमिका निर्वाह गरेका थिए । खकुरालले कोरोना भाइरसको महामारी समयमा बेलायतमा करिब एक हजार पौण्ड बराबरको अति आबस्यक र कठिन परिस्थितिमा विभिन्न औषधी लगायत स्वास्थ्य सामाग्री निशुल्क वितरण गरेका थिए । अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्ता रहेका खकुरालको मुख्य भूमिकामा मार्च २०२०मा आपातकालीन COVID-19, सहयोग रकम संकलन अभियानमा ७ दिनमा करिब ८ लाख संकलन गरि अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ जिल्लाका १३ वटै स्थानीय तहलाई अति आवश्यक स्वास्थ्य सामाग्री र खाद्यन्न गरेको थियो । उनकै संयोजनमा अप्रिल २०२०मा धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङलाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा करिब ४ लाख बराबरको स्वास्थ्य सुरक्षाको सामाग्री प्रदान गरेको थियो ।

राजनको संयोजनमा मे २०२०मा धादिङका ११८ विपन्न परिवारलाई दुई चरणमा गरेर करिब ३ लाख रूपैंयाँ बराबरको खाद्यान्न सहयोग गरिएको थियो । उनको सहयोग अपिलमा मे २०२० मा धादिङका एन्जल तामांगको उपचार खर्चको लागि रु१,३१,३०६ आर्थिक सहयोग रकम हस्तान्तरण गरियो । खकुरालको संयोजनमा जुनमा धादिङका विभिन्न स्वास्थ्य केन्द्रमा डिजिटल हेल्थ क्याम्प सम्पन्न गरि, गाउँमा रहेका दिर्घरोगी, बृद्धबृद्धा, महिलामा हुने स्वास्थ्य समस्यबाट करिब ७०० जना बिरामीहरु लाई विशेषज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो। खकुराल अहिले एनआरएनए युके को सल्लाहकार तथा अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्ताका रुपमा प्रवासमा सक्रिय छन् ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *