प्रवास

एनआरएनए बेल्जियम नमूना राष्ट्र बन्दै ,विश्वभरिका नेपालीलाई सकारात्मक सन्देश

शेयर गर्नुहोस्

इन्दिरा चाम्लिंग
बेल्जीयम ।। गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रीय समन्वय परिषद्ले निः शुल्क सदस्यको कुरा उठाएपछि एनआरएनएले स्रोतको खोजी गर्दै आएको थियो । धेरै एनसीसीहरुको खर्चको एकमात्र स्रोत सदस्यताबाट लिने रकम भएका कारण अन्य स्रोतको खोजी गरिएको थिएन ।

पत्रकार महासंघ यूरोप सदस्य रविचन्द्र भट्टराई (अष्ट्रीयाका अनुसार संस्था चलाउन एनआरएनए बेल्जियमले अर्थको राम्रो स्रोत भेट्टाएको आईतवार नेपाल पत्रकार महासंघ यूरोप शाखाको कार्यक्रममा उपस्थित संस्थाका पदाधिकारिहरुले बताएका छन् । एनआरएनए बेल्जियमले त्यहाँ स्थित स्थानीय बिमा कम्पनीसंग एक किसिमको सम्झौता गरेको छ । जसले त्यहाँ स्थित नेपाली र बिमा कम्पनी बीचमा मध्यस्तताको भूमिका खेल्नेछ र त्यसबाट केही फाईदा नेपालीलाई र केही फाईदा एनसीसीले पाउने भएको छ ।

बेल्जियममा स्वास्थ्य बिमा अनिबार्य छ । अब त्यहाँ स्थित नेपालीहरुले गर्ने बिमा एनआरएनए मार्फत गरे आफूलाई पनि फाइदा र एनसीसीलाई पनि फाइदा हुने भएको छ । एनआरएनए बेल्जियमले सबै नेपालीहरुलाई यस अभियानमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ । अद्यपि यसबाट संस्थालाई कति फाइदा हुनेछ भन्नेकुरा बिमासंग सम्झौता भएका कारण सार्वजनिक मिडियासंग गर्न नमिल्ने बताएका थिए । आर्थिक रुपमा मात्रै नभएर अतिरिक्त बिमाका फाइदाहरु पनि भएको पदाधिकारिहरुको बताएका थिए ।

नेपाल पत्रकार महासंघ यूरोप शाखा मार्फत सिलसिलेबार रुपमा गर्दै आएको विशेष कार्यक्रम ‘बेल्जियम संवाद’ ३७ औँ शृंखलामा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद्का सह(कोषाध्यक्ष लोक प्रसाद दाहाल लगायत एनसीसी अध्यक्ष चित्र सुबेदी, उपाध्यक्षहरु खड्क बहादुर केसी र हरि भट्टराईका साथै महासचिव तिर्थराज धमलाको उपस्थिति थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राईले अध्यक्षता गरेका थिए भने महासंघका पदाधिकारीद्वय कार्यवाहक महासचिव द्रोण रिजाल र कार्यसमिति सदस्य महिन्दो वाहिबाले सञ्चालन गरेका थिए । कार्यक्रममा आईसीसी सदस्य तथा पत्रकार प्रेम पोमु लगायत प्रेम परियार, राजकुमार थापाको पनि उपस्थिति थियो ।

एनसीसी बेल्जियमले यही नोभेम्बर २९ तारिख साधारण सभाको घोषणा पनि गरिसकेको छ । सह(कोषाध्यक्ष लोक प्रसाद दाहालले एनसीसी बेल्जियमले गरेको जस्तै स्रोतको खोजी बिमाको माध्यमबाट गर्न अन्य एनसीसीलाई पनि संभव भएको बताएका छन् ।

एनसीसी अध्यक्ष चित्र सुबेदीका अनुसार एनसीसी बेल्जियमले आर्थिक मुनाफा गर्नेखालको यसप्रकारको सम्झौताले कुनै कानूनि अप्ठेरो नपर्ने बताएकाछन् । पत्रकारहरुको अन्य प्रश्नहरुमा सबै पदाधिकारीहरुले जवाफ दिएका थिए ।

एनसीसी बेल्जियमको यस विशेष संवाद नेपाल पत्रकार महासंघ यूरोप शाखाको आधिकारिक फेसबुक पेज लगायत नेपाली शब्द, यूरोपनेपाली खवर, बाल्टिमोर खवर, रुपान्तरण, च्यानल लण्डन, ईन्यूज पाठशाला र नमुना नेपालका पेजहरुबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *