कोरोनासाइप्रस न्युज

४ नेपाली सहित २२० मा कोरोना पुष्टी

शेयर गर्नुहोस्

२६ नोभेम्बर २०२०/ लिमासोल

साइप्रस को स्वास्थ्य मन्त्रालयले आज पिसीआर टेस्ट बाट २२० जनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ। बितेको २४ घन्टामा १२०९९ टेस्ट मध्य पिसिआर टेस्ट बाट २२० र र्‍यापिड एन्टिजेन टेस्टबाट १०३ मा पोजेटिभ देखिएको हो। त्यस्तै, आज पनि ८४ वर्षीय वृद्धको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। कोभिड बाट हाल सम्म मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

यता, नेपाली समुदायमा केहि दिन देखि कोरोनाको संक्रमण तिव्र भै रहेको छ। आज पनि ४ जना नेपाली विधार्थीको पिसिआर रिपोर्ट कोरोना पोजेटिभ आएको छ भने अन्य ६ जना को र्‍यापिड एन्टिजेन टेस्टमा पोजेटिभ देखिएको छ। ति सबै को अब पिसिआर परिक्षण गरि कोरोना संक्रमित भएको हो होइन थाहा हुने छ। कोरोनाको दोस्रो छालमा हाल सम्म २४ जनामा नेपालीलाइ कोरोनाभाइरस देखिसकेको छ। उनिहरुको निकट सम्पर्कमा आएकाहरुको पनि कोभिड टेस्ट हुदै छ।

कस्तोलाइ निकट सम्पर्कमा आएको भनिन्छ ?

बिरामीको २ दिन देखि १४ दिन अघि सम्ममा कोरोना संक्रमितको एक मिटरको दुरीमा १५ मिनेट भन्दा बढी बसेका व्याक्ति , कोरोना बिरामीको सँग नै छोईछाइ भएको अवस्थामा र व्यक्तिगत सुरक्षात्मक उपकरण प्रयोग नगरी कोभिड बिरामी हेरचाह गर्ने व्याक्ति लाई (क्लोज कन्ट्याक्ट) मा आएको भनिन्छ।

साइप्रसमा हाल सम्म ९६७३ जना संक्रमित भै सकेका छन् भने २०५५ जना निको भै सकेका छन्। संक्रमित को संख्या बढ्दै जानाले अस्पताल मा भर्ना हुने को संख्या पनि बढ्दो छ। हाल सम्म १०९ जनामा कोरोना को उपचारका लागि अस्पतालमा भर्ना भएका छन्।

नेपाली राजदुतावास इजरायलले साइप्रसमा नेपालीमा कोरोना संक्रमण देखिएकोमा चिन्ता व्यक्त गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।अ त्यावश्यक नभएसम्म जमघट तथा भेटघाटका कार्यक्रमहरु नगर्न, यथाशक्य घरमै बस्न तथा अन्य व्यक्तिहरुसँग भौतिक सम्पर्कमा नआउन राजदुतावासले अनुरोध गरेको हो। केही समस्या परेको खण्डमा साईप्रसका लागि नेपाली अवैतनिक वाणिज्यदूत डा. राम जीवन पन्जियारको फोन नम्बर +३५७९९६६६४०१ वा नेपाली राजदूतावासका द्वितीय सचिव अर्जुन घिमिरेको फोन नम्बर +९७२५२८२८९३०० वा नेपाली राजदूतावासका सहचारी प्रदीप सागर गिरीको फोन नम्बर +९७२५४३३०६०७० मा वा साईप्रसमा क्रियाशील गैर आवासीय नेपाली संघ लगायतका नेपाली संघ संस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *