आज ३ को मृत्यु, २९२ मा कोरोना, र्यापिड टेस्टमा १०८ पोजेटिभ

शेयर गर्नुहोस्

२ डिसेम्बर २०२०/ लिमासोल

पछिल्लो २४ घन्टामा कोरोनका कारण थप ३ ले ज्यान गुमाए संगै अहिले सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ। मृत्यु हुनेमा ६२ र ८४ वर्षीय वृद्ध  र ८३ वर्षीय वृद्धा रहेका छन्।   साइप्रसको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देश भरमा ९९८४ नमुना परिक्षण गरिएको मध्य २९२  पिसिआर र १०८ र्यापिड टेस्टमा पोजेटिभ देखिएको हो।  यो संख्या संगै कोरोना संक्रमित को संख्या ११,१७५ पुगेको छ।

हिजो र्यापिड टेस्टमा पोजेटिभ देखिएका ९९ को आज पिसिआर परिक्षणमा कोरोना पुस्टि भएको हो।

कोरोना बाट संक्रमित १२४ जना हाल हस्पिटलमा भर्ना भै उपाचाररत छन्।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *