कोरोना विरुद्धको खोप प्रयोग गर्न बेलायतले दियो अनुमति

शेयर गर्नुहोस्

लन्डन , बेलायत ,

बेलायतको मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले कोरोना भाइरसविरूद्ध ९५ प्रतिशत प्रभावकारी भएको भन्दै प्रयोग गर्न अनुमति दिएको छ । यो सँगै उक्त खोपलाई आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ।

उच्च जोखिममा रहेका समूहहरूलाई खोप दिने काम केही दिनमा सुरू गरिने बिबिसीले जनाएको छ। खोपको ४ करोड डोज बेलायत सरकारले अर्डर गरिसकेको जनाएको छ। दुई डोज लगाउनु पर्ने उक्त खोप २ करोड बेलायतीलाई पुग्नेछ।

सुरूआती केही दिनमा १ करोड डोज छिट्टै उपलब्ध हुनेछ। अहिलेसम्मकै छोटो समयमा औसधि निर्माण कम्पनि फाइजरले खोप बनाएको हो।

खोप प्रयोग गर्न दिइने भएपनि मानिसहरूले कोरोनाभाइरसबाट जोगिन हुन जरूरी छ। त्यसको लागि भौतिक दूरी कायम राख्ने, मास्क लगाउनु पर्ने विज्ञहरूले बताएका छन्। फाइजरले अमेरिका र युरोपियन युनियनका अरू मुलुकमा पनि अनुमतिका लागि निवेदन दिएको छ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *