साईप्रसमा रहेका नेपालीहरू यथासिघ्र ब्यक्तीगत बिबरण उपलब्ध गराई दिन दुताबासको अनुरोध

शेयर गर्नुहोस्

दिनेश गौतम युरोप साईप्रस मार्च २८ २०२०

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाईरसका कारण दुनिया अक्रान्त बनिरहेको अवस्थामा सबै देशहरुले आफनो नागरिकहरुलाई निगरानीमा राखि रहेका छन ।

यसै गरि नेपाल सरकार तथा मातहतका निकायहरूबाट पनि बैदेशिक रोजगारीका अध्ययनका लागी बिभिन्न देशमा रहेका नेपालीहरूको अवस्थालाई मध्य नजर गर्दे कसरी सहज र छिटो आफ्ना नागरिक नजिक पुग्न सकिन्छ भनेर अनलाईन मार्फत बिदेशमा रहेका आफ्ना नागरिकहरूको बिवरण लिन थालेको छ।

यहि क्रमलाई निरन्तरता दिदै नेपाली राजदुताबास ईजरायलले पनि आफ्ना मतहतमा रहेको देश इजरायल र साईप्रसमा रहेका नेपालीहरूको ब्यक्तीगत बिबरण अनलाईन मार्फत डाटा संकलन शुरू गरेको छ ।

कोरोना महामारीमा विभिन्न तवरले सहयोग, समन्वय गर्न र भविष्यमा आइपर्ने समस्याका लागि पूर्वतयारी गर्न पनि सहजीकरण हुने उद्देश्यका साथ दूतावासले दूवै देशमा बस्ने नेपाली नागरिकहरुको अनलाईन रजिस्ट्रेसन सुरु गरेको हो ।

साईप्रसका नेपाली राजदुतावास ईजरायलका अनुसार साइृप्रसमा रहेका सबै विद्यार्थी, कामदार तथा अन्य कामका लागि बसिरहेका सबै नेपाली समुदायहरुले दुतावासले दिएको लिकंमा गएर अनलाईन फारम भर्न अनुरोध गरेको छ ।

यदि फारम भर्दा कसैले नबुझेको खण्डमा गैरअवसिय नेपाली सघंका पदाधिकारीहरुसगं समन्वय गरि भर्न सकिने एन.आर.एन.एन.साईप्रसका महासचिव कृप थापाले जानकारी दिएका छन ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *