कोरोना

साइप्रसमा कोरोनाको खोप जनवरीमा, लकडाउनको सम्भावना कति ?

शेयर गर्नुहोस्

समिम मियाँ
८  डिसेम्बर २०२०/लिमासोल
साइप्रसका रास्ट्रपति निकोस अनास्टसियादेसले मंगलबार ४ शिर्ष मन्त्रीहरु सग भेटवार्ता  गर्ने बताइएको छ। स्वास्थ्य, श्रम, शिक्षा र अर्थ मन्त्रीहरू संग हुने बैठकले आगमी १३ तारीखमा पछि कोरोना नियन्त्रण गर्न कदम उठाउने बारे छलफल गर्नेछ।  हाल कोरोना महामारी को परिस्थिति बारे स्वास्थ्य मन्त्रीले रास्ट्रपतिलाई  ब्रीफिङ गर्नेछन् ।
हाल लागू भएको देशव्यापी नियम डिसेम्बर १३ मा सकिदैछ। यी नियमलाई थप गरिने बारे आउदो शुक्रबार बस्ने मन्त्रीपरिसद्को बैठकले निर्णय गर्नेछ।
स्वास्थ्य मन्त्री कोन्स्तातिनुस आयान्नुले आगामी घोषणामा अहिले कै नियमलाई निरन्तरता दिने वा अझ कडा  हुने वा कृसमस र नयाँ वर्ष मा लकडाउनको सम्भावनालाई नकार्न नसकिने बताउनु भयो । मन्त्री आयान्नुका अनुसार  कोरोना को फैलावटमा गिरावट देखिएमा डिसेम्बर १३ देखि जनवरी ७ सम्म कोरोना नियममा लचकता दिने योजना गरिएको थियोे ।
“अहिले  यति सहज हुने जस्तो देखिएको छैन, अहिलेको तथ्यांक लाई मुल्यांकन र विश्लेषण गर्दाको नतिजाले तत्काल लचिलोपन दिन सकिने अवस्था देखिदैन” मन्त्री आयान्नु ले भन्नू भयो।

गत एक हप्ताको डाटा हेर्ने हो भने कोरोना संक्रमण को स्थिति डरलाग्दो छ। सन्क्रमित र मृतक को संख्या बितेको एक हप्तामा ह्वात्तै बडेको छ। अस्पताल भर्ना हुनेको संख्या पनि उल्लेखनीय छ।
कोरोनाको भ्याक्सिन जनवरी महिना सम्म साइप्रस आइपुग्ने अनुमान गरिएको छ जुन  सर्वसाधारणका लागि नि:शुल्क उपलब्ध हुनेछ।
कमजोर वर्गलाई पहिला खोप लगाए पछि मात्र सर्वसाधारणले खोप लगाउन पाउनेछन्।  जनसंख्याको ठूलो हिस्सामा खोप नलगाए सम्म जनता ले कोरोनाको मार सहनु पर्ने बाध्यता रहेको सरकारले बताएको छ ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *