साइप्रस न्युज

जन्मदिनको अवसरमा निकोसियका १० जना विद्यार्थीलाई खाद्यान्न वितरण

शेयर गर्नुहोस्

दिनेश गौतम
युरोप , साईप्रस , कोरोना भाईरसले सबै समुदायलाई असर गरिरहेको बेला साईप्रसमा रहेका नेपाली समुदायहरुमा पनि कोरोना संक्रमण बढिरहेको बेला एक जना नेपाली महिलाले आफनो जन्मदिनको अवसरमा १० जना विद्यार्थीहरुलाई गत आईतवार खाद्यान्न वितरण गरि मनाएकी छिन ।

कोभिडले गर्दा सबै भन्दा बढि नेपाली विद्यार्थीहरु परिरहेको र उनिहरुसगं पैसा , कोठा भाडा लगाएतको समास्यले जुधिरहेको बेला आफनो जन्मदिनको पार्टी मनाउनु भन्दा बरु विधार्थीहरुलाई केही खानेकुरा सहयोग गरेको ईमा गुरुगंले बताउनु भयो । गुरुगंले आफनो जन्मदिनको पार्टीको पैसाले आफनै नेपाली समुदायका बहिनी भाईहरुलाई कमसेकम तिन चार दिनसम्मका पेट भर्न सकिने भनेर सहयोग गरेको साईप्रस नेपाल डटकमलाई जानकारी दिईन ।

आफनो जन्मदिनको अवसरमा भाई बहिनीहरुलाई सहयोग गर्नुपर्ने भनी सुझाउने पत्रकार दिनेश गौतम , साईप्रसकै नागरिक निकोस प्लतरिस् र प्रकास बराईलीलाई विशेष धन्यबाद गुरुगंले दिएकी छिन । ईमा गुरुगंले आफनो जन्मदिनको अवसरमा विद्यार्थीहरु जुटाउने कार्य र समान किनेर हस्तान्तरण गर्ने प्रकास बराईली र साईप्रस नेपाल डटकमसगं सधै सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छिन ।

कोरोना भाईरस सुरुवात भएसगंै साईप्रसमा रहेका पिडित विधार्थी एवम श्रमिकहरुलाई आफनै घरमा उत्पादन गरेर रायोको साग निशुल्क रुपमा निकोसियामा वितरण गर्दै आएको अर्का सहयोगी प्रकास बराईलीले बताए ।

बराईलीका अनुसार आफु कामदार भिषामा भएकोले खाना बस्न समस्या नरहेको तर आफनै नेपाली विद्यार्थीहरुलाई समस्या देखेर प्रायः आईतवारका दिन निःशुल्क रायोको साग र हरियो खुर्सानी वितरण गर्दै आएको र अगामी दिनमा अरु दाजुभाई , दिदीबहिनीहरुले समेत आफु जस्तै निशुल्क रुपमा वितरण गरि सहयोग गर्नु हुने छ भनी आशा जागेको बताए ।

साईप्रसमा अहिले कोरोना लागेर घरमै आईसोलेसनमा बसेका नेपाली समुदायहरुलाई सके सम्म पौष्टिक खानेकुराहरु पुगाउन सक्यो भने केही राहत हुने हेतुले जो कोही सहयोग गर्न चाहेमा साईप्रस नेपाल डटकमको टिमसगं सम्पर्क गर्न अनुरोध गरिएको प्रधानसम्पदक समिम मियाले जानकारी दिए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *