साइप्रसमा थप २ ले ज्यान गुमाए, हाल सम्म १४ हजारमा कोरोना संक्रमण

शेयर गर्नुहोस्

 

समिम मियाँ

१२ डिसेम्बर २०२०/ लिमासोल

कोरोना भाइरस संक्रमणका कारण आज पनि थप २ जनाले ज्यान गुमाएका छन्।  पहिले देखि नै बिरामी ८१ र ८३ वर्षीय वृद्धवृद्धामा संक्रमण पछि आज मृत्यु भएको हो। ८१ वर्षीय वृद्ध निकोसिया जेनेरल हस्पिटलमा आइसीयुमा र ८३ वर्षीय वृद्धा फामागुस्ता हस्पिटलमा उपचाररत थिए।  हाल सम्म साइप्रसमा कोरोनाका कारण ७२ जनाले ज्यान गुमाइसकेका छन् जसमध्य ४७ पुरुष र २५ महिला छन्।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४०३ मा कोरोना पुस्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।  हिजो गरिएको र्र्यापिड टेस्ट बाट पोजेटिभ आएका मध्य १५२ जनाको पिसिआर टेस्टमा आज कोरोना पुष्टि भएको हो भने अन्य ३७३६ पिसिआर टेस्टबाट २५१ मा कोरोना देखिएको छ।  आज को आकडा सहित गत मार्च बाट हाल सम्म १४,०५२ मा कोरोना संक्रमण भै सकेको छ।

मन्त्रालयले आज गरिएको १२,२८७ र्र्यापिड टेस्ट बाट पनि थप २३६ जनाको  पोजेटिभ रिपोर्ट आएको बताएको छ जसको पिसिआर टेस्ट गरे पछि मात्र कोभिड-१९ भए नभएको पुस्टि गर्ने छ।

कोरोना को फैलावट तिव्र गतिमा भै रहेको बितेका हप्ताको महामारीको डाटाले देखिन्छ भने हस्पिटल भर्ना हुने बिरामीको संख्याले परिस्थिति को अनुमान लगाउन सकिन्छ।  हाल साइप्रस भरि का हस्पिटलमा १०६ जना भर्ना छन् जसमध्य २० को स्वास्थ्य अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।  ३ जना भेन्टिलेटर र १३ जना आइसीयु मा भर्नारत रहेको बताइएको छ।

 

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *