प्रवास

युरोपका पत्रकारहरुलाई अनलाइन तथा डिजिटल पत्रकारिता सम्बन्धी तालिम

शेयर गर्नुहोस्

द्रोण रिजाल

युरोप ,
अनलाइन तथा डिजिटल पत्रकारिता सम्बन्धी र्भचुवल मार्फत एक दिने तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं युरोप शाखाले आफनो ४३ औं श्रृंखला अन्र्तगत युरोपमा रहेका पत्रकारहरुका लागि यस विषयमा तालिम आयोजना गरेको सचिव महेश कुमार खातीले जानकारी दिए ।

बढदो डिजिटल जमानासगंै पत्रकारीता पेसालाई प्रभावकारी बनाउनका लागि तालिममा प्रशिक्षकको रुपमा उमेश श्रेष्ठ र बीबीसीका डिजिटल एडिटर उज्वल आचार्यलाई निम्ताएको खातीले बताए । भर्चुवल तालिममा नेपाली पत्रकारिताको बिकास सँगै अहिलेका अनलाइन न्युज पोर्टलको बड्दो क्रममा सकारात्मक र नकारात्मक दुबै पक्ष रहेको प्रशिक्षक उमेश श्रेष्ठले आशय राखेका थिए।

पत्रकारितामा मुख्य समाचार उत्पादक हुनुपर्दछ भन्दै समाचारमा भाषा स्पष्ट हुनुपर्ने, पत्रकारिताका आधारभुत कुराहरुमा ध्यान दिनुपर्ने, आफ्ना लक्षित पाठक वर्गलाई लक्षित गरेर समाचार तयार गरेमा आफ्ना न्युज साइटमा हेर्ने धेरै पाठक हुनेमा कुनै सन्देह नहुने प्रशिक्षकहरुको भनाइ थियो।

फेसबुक वा युट्युबमा राखिएका कन्टेन्टहरु राखेर समाचार बनाउदा ति कन्टेन्टहरु कतिको सहि छन बिस्लेषण गरेर मात्र राख्दा समाचार प्रभाबकारी हुने र कसैले प्रकाशित गरेको समाचार आफ्नो मिडियामा राख्दा कपिराइट लाई बिशेष ध्यान दिनुपर्नेमा प्रशिक्षकहरुले जोड दिएका थिए।

युरोपभरिका बिभिन्न देशका २२ जना भन्दा बढि पत्रकारहरुको जिज्ञासाहरुको जवाफ प्रशिक्षकहरुबाट पाइएकाले अनलाइन डिजिटल पत्रकारिता सम्बन्धी तालिम उपलब्धिमुलक रहेको सहभागिताहरुको धारणा रहेको थियो।
नेपाल पत्रकार महासघं युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षता तथा सचिव महेश खातिको सहजीकरणमा तालिम सम्पन्न भएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *