देश विदेश

सरकार ,राष्ट्रियता सबैको साझा हो, कुनै बाद प्रती मेरो विश्वाश छैन : काग्रेंस नेता डा. रिजाल

शेयर गर्नुहोस्

द्रोण रिजाल,

      नेदरल्यान्ड्स | नेपाल पत्रकार महासंघ युरोप शाखाको डिसेम्बर १३ तारिखको ४४औं श्रिन्खलामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य डा.मिनेन्द्र रिजाललाई बिशेष अतिथिको रुपमा प्रस्तुत गरेको थियो |

पत्रकारहरुको जिज्ञासाहरु जवाफ दिदै डा. रिजालले बर्तमान राज्यसत्तामा नेत्रित्वदाई भूमिका निर्वाह गरिरहेका ब्याक्तिहरुबाटै आफ्नो राजनीतिक क्यारियर जोगाउन कुण्ठाको राजनीति गरेको आरोप लगाउदै कुनै बादको नारा लगाउनु बेकार भएको धारणा राखेका थिए |

पत्रकारहरुको जिज्ञासाहरुको जवाफ दिदै डा. रिजालले गैर आवासिय नेपाली नागरिकता बिधेयक को बारेमा सॅंसद अधिबेशन सुचारु भएपछी बहसको बिषय भन्ने भएकाले आर्थिक, सामाजिक र सान्कृतिक अधिकार मात्र प्राप्त भएकाले राजनीतिक अधिकार प्राप्त बिना कुनै राजनीतिक नेत्रित्वलाई मत दिने अधिकार बाट सम्बन्धित दलका प्रवासमा रहेका भातृसंगठनका सदस्यहरु बन्चित हुन परेको उल्लेख गरेका थिए |

बर्तमान नेपाल सरकारले लिम्पुवाधुरा, लिपुलेक र कालापानी सहित नेपालको नक्सा प्रकासित गरेकोमा खुशी ब्यक्त गर्दै उक्त जमिन प्राप्त गर्न पाईन्छ कि पाइन्न भन्नेमा चिन्तित रहेको भन्दै खोक्रो राष्ट्रबाद हैन राष्ट्रियता बोकेर हिंड्न रिजालले सुझाब दिएका थिए | आगामी हुन गैरहेको नेपाली काॅंग्रेसको चौधौॅं राष्ट्रिय महाधिबेशनमा नेपाली काॅंग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिसकेको जानकारी दिदै पार्टिको अभियानमा निरन्तर लागिरहने बताएका थिए |

शाखाका अध्यक्ष केजिन राई अध्यक्षतामा कार्यक्रम सन्चालन काबा महासचिब द्रोण रिजालले गरेका थिए भने प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला, कार्यसमिती सदस्यहरु रबिचन्द्र भट्टराई, राज कुमार थापा, प्रेम पोमु, दिनेश गौतम, प्रेम परियार, शेर बहादुर परियार, लगायत पत्रकार तथा जन सम्पर्क समिती नेदरल्यान्ड्सका महामन्त्री शालिक गौतम, पत्रकार बेदराम कडेंल सहितको सहभागिता थियो |

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *