कोरोना

साइप्रसमा जनवरीबाट कोरोना खोप उपलब्ध हुने, ३८ खोप केन्द्र

शेयर गर्नुहोस्

समिम मियाँ

१५ डिसेम्बर २०२०/लिमासोल 

बहुप्रतिक्षित कोरोना खोप केहि हप्तामा साइप्रसमा उपलब्ध हुने भएको सरकारले बताएको छ। सम्भवत जनवरीको पहिलो हप्ता सम्ममा भ्याक्सिन आइपुग्नेछ।  कोभिड-१९ ले आक्रान्त साइप्रसमा खोपको पहिलो दुई  व्याचमा एक लाख ६८ हजार डोज रहेनछ जानकारी दिइएको छ।

भ्याक्सिन आउने भए संगै सरकारले ३८ स्थानलाई खोप केन्द्रको रुपमा छनौट गरेको छ।  देश भरि रहने यी खोप केन्द्र मा जान नसक्ने नागरिकका लागि  मोबाइल युनिटले पनि घुम्ती सेवा प्रदान गर्नेछ भने ठुला कार्यक्रम  हलहरुलाइ पनि खोप केन्द्रमा परिणत गर्ने योजना रहेको जानकारी दीएको छ।

युके र अमेरिकाले फ़ाइजरको खोपलाइ मान्यता दिए संगै यी देशमा खोप अभियान  सुरु भैसकेको छ भने युरोपका अन्य देश संगै साइप्रसले पनि एकै साथ भ्याक्सिन प्राप्त गर्ने भएको हो।

“कोरोनाको भ्याकसिन केहि हप्तामा इयु संगै साइप्रसले पनि हासिल गर्नेछ जसले हाम्रो जनताको प्रतिरक्षात्मक क्षमता वृद्धि गर्नेछ  भने सामान्य जीवन अवस्थामा मा फर्किन मद्दत गर्नेछ।  ” स्वास्थ्य मंत्री कोन्स्तातिनुस आयान्नुले भन्नु भयो।

भ्याकसिनलाई अत्यन्तै न्यून तापक्रम (-७५ डिग्री सेल्सियस) मा राख्नु पर्ने भएकाले २ वटा विशेष रेफ्रीजिरेटर केहि दिनमा साइप्रस आइपुग्नेछ। हरेक केन्द्र सम्म भ्याक्सिनको ढुवानीलाई जिपिएस बाट नजर राखिने भएको छ।

खोप केन्द्रमा दैनिक अधिकतम ३५० जनालाई मात्र सेवा प्रदान गरिने चिकित्सा सेवाका उप निर्देशक डा. ओल्गा कलकौटाले आज आयोजित पत्रकार सम्मेलनमा बताउनु  भयो।  उहाँका अनुसार खोप केन्द्र बिहान ८ देखि बेलुकी ६ सम्म र आवश्यक परे ७ बजे सम्म खुल्ला हुनेछ। खोप २ पटक लगाउनु पर्ने हुन्छ।  खोप लगाउन अनलाइन बाट अपोइण्ट्मेण्ट लिनु पर्ने हुन्छ जसको लागी सरकारले अनलाइन  पोर्टल संचालन गर्ने छ।  अपोइण्ट्मेण्ट लिए पछि भ्याक्सिनेसन गर्ने दिन र समयको जानकारी मोबाइलमा म्यासेज आउनेछ भने दोस्रो डोजको लागि पनि एसएम एस द्वारा जानकारी गराइने व्यवस्था गरिएको डा. कलकौटाले बताउनुभयो।

स्वास्थ्यकर्मी, नर्सिङ्ग होम स्टाफ र ७५ वर्ष माथिका नागरिकलाई प्राथमिकतामा राखेर खोप अभियान संचालन हुनेछ। सरकारले २ कम्पनि संग कोरोना भ्याक्सिन को खरिद सम्झौता गरिसकेको छ। २०२२ सम्म अस्त्राजेनिका कम्पनीले ११ लाख ९२ हजार डोज  र बायोनटेक फ़ाइजर ले ३ लाख ९१ हजार डोज २०२१  सम्म  सप्लाई गर्ने छ।

२ पटक खोप लगाएपछि सरकारले  इलेक्टोनिक भ्याक्सिन सर्टिफिकेट पनि प्रदान गर्नेछ , जसबाट वैदेशिक यात्रा गर्दा केहि सहज हुने अनुमान गरिएको छ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *