देश विदेश

संविधानमा संसद विघटनसम्बन्धी यस्तो छ व्यवस्था

शेयर गर्नुहोस्

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी सिफारिस बोकेर राष्ट्रपतिको कार्यलय शीतल निवास पुग्नुभएको छ ।

मन्त्रिपरिषद् बैठकमा निर्णय नगराइ उहाँले संसद विघटनको सिफारिस गराउन शीतल निवासमा पुग्नुभएको छ । प्रधानमन्त्री ओलीले एकलौटी रुपमा संसद विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै यसबारे संविधानमा कस्तो व्यवस्था छ ? भन्ने कौतुहलता बढिरहेको छ ।

नेपालको संविधानले प्रधानमन्त्रीलाई एकलौटीरुपमा संविधान विघटन गर्न पाउने अधिकार नदिएको संविधानले नदिएको संविधानविद्हरुको भनाइ छ । संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख गरिएको छ ।

संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको चुनाव सम्पन्न हुने गरी मिति तोक्ने उल्लेख छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *