देश विदेश

नेकपाको स्थायी कमिटी बैठक बस्दै, ‘ओलीमाथि कारबाही हुन सक्ने’

शेयर गर्नुहोस्

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका लागि नेताहरू बालुवाटारमा जम्मा भइरहेका छन् ।

पूर्व निर्धारित स्थायी कमिटी बैठकका लागि नेताहरू बालुवाटारमा जम्मा भएको नेतृ अष्टलक्ष्मी शाक्यले उज्यालोलाई जानकारी दिनुभयो । आजको बैठकमा पूर्व निर्धारित एजेण्डामा छलफल नहुने, प्रधानमन्त्री ओलीको पछिल्लो कदमबारे छलफल हुने र प्रधानमन्त्रीलाई कारबाहीको पनि सिफारिस हुन सक्ने उहाँले जानकारी दिनुभयो ।

‘देशलाई नै अफ्ठ्याराेमा पार्ने गरि उहाँले कदम चाल्नुभयो, बैठकमा चुप लागेर बस्ने कुरा भएन, उहाँलाई कारबाहीको प्रस्ताव पनि हुन सक्छ’, नेतृ शाक्यले भन्नुभयो ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हाे । 

पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ । 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *