देश विदेश

‘ओलीको कदम अधिनायकवादतर्फ उन्मुख, यस्ताे सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनु पर्दैन’

शेयर गर्नुहोस्

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको कदम अधिनायकवादतर्फ उन्मुख रहेको बताउनुभएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले हतारमा प्रतिनिधि सभा विघटनको सिफारिस गर्नु असंवैधानिक भएको प्रतिक्रिया दिनुभएको हो । उहाँले प्रधानमन्त्री ओलीको अधिनायकवाद उन्मुख यो कदममा गम्भीर असहमति रहेको भन्दै राजनीतिक रुपमा प्रतिवाद गर्नेसमेत बताउनुभएको छ ।

उहाँले ट्वीट गर्दै संविधान विपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य नहुनेसमेत बताउनुभएको छ ।

प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरेपछि चौतर्फी विरोध भइरहेको छ । 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *