संसद विघटनको विरोधमा विराटनगरमा कांग्रेसको प्रदर्शन

शेयर गर्नुहोस्

संसद विघटन गर्ने निर्णयको विरोधमा नेपाल तरुणदल विराटनगरको अगुवाइमा नेपाली कांग्रेसले विराटनगरमा विरोध प्रदर्शन गरेको छ। विराटनगरको तीनपैनीबाट निस्किएको विरोध र्‍यालीले नगरको विभिन्न भागको परिक्रमा गरी बुधहाट चोकमा पुगि कोणसभामा परिण भएको थियो।

 कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रधानमन्त्रीको कदम देश र संघीय गणतन्त्रको व्यवस्थाकै लागि घातक भएको बताए। प्रधानमन्त्रीले चालेको असंबैधानिक कदम  बिरुद्ध कांग्रेसले सडक संघर्ष थालेको  घिमिरेले स्पष्ट पारे । प्रधानमन्त्रीले  संविधानको मर्म र भावना विपरित संसद विघटनको सिफारिस गर्नु र राष्ट्रपतिले पनि प्रधानमन्त्रीको असंवैधानिक कदमलाई साथ दिनु देशकै लागि विडम्बना भएको उनको भनाई छ।

 प्रधानमन्त्री र राष्ट्रपतिको लहडले मुलुक बन्धक बनेको घिमिरेको आरोप छ। उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिको लहडले मुलुक बन्धक बनेको छ।’ प्रधानमन्त्रीलाई गणतन्त्रको झड्केलो बाबुको संज्ञा दिंदै घिमिरेले प्रधानमन्त्रीको कदमले प्रतिगमनलाई सहयोग गरिरहेको बताए। विरोध सभालाई नेपाली कांग्रेस  प्रदेश १ का प्रमुख सचेतक केदार कार्की, मोरङ सभापति डिगबहादुर लिम्बुलगायतले सम्बोधन गरेका थिए।  

प्रकाशित: ५ पुस २०७७ १८:०३ आइतबार


श्रोत: नागरिक

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *