देश विदेश

गएको २४ घण्टामा एक हजार ९७ जना कोरोना मुक्त

शेयर गर्नुहोस्

काठमाण्डाै – गएको २४ घण्टामा एक हजार ९७ जना कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या दुई लाख ४३ हजार ६ सय ६४ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ४ हजार ६ सय २० जनाको पीसीआर परीक्षण गरिएकाेमा ५ सय ८८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । गएकाे २४ घण्टामा काठमाण्डौमा एक सय ७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ जना सङ्क्रमित थपिएका छन् । नेपालमा अहिलेसम्म दुई लाख ५३ हजार ७ सय ७२ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

यस्तै, गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ सय ८८ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको संख्या ८ हजार ३ सय २० रहेको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *