कोरोना

कृसमसमा कोरोना नियम लचिलो हुन सक्ने

शेयर गर्नुहोस्

समिम मियाँ
२२ डिसेम्बर २०२०/ लिमासोल

क्रीसमस र नयाँ वर्षलाई ध्यानमा राख्दै कोरोनाभाइरस सम्बन्धित नियममा केही सहजता दिने गरि निर्णय हुने बताइएको छ। मंगलबार बस्ने मन्त्रीपरिषद्को बैठकले चाडपर्वमा केही लचकता अपनाउने बारे निर्णय गर्नेछ।

विभिन्न नियम र प्रतिबन्धात्मक कदम चालिदा पनि कोरोना संक्रमण घट्नुको साटो झनै बढ्दै गएको महामारीको तथ्यांकले देखिए पछि के गर्ने बारे सरकार पनि दुविधामा छ। गत सप्ताह मात्रै युके मा नयाँ किसिमको कोरोना भाइरस तिव्र गतिमा फैलिरहेको घोषणा पछि साइप्रसको लागि अर्को टाउको दुखाइ बनेको छ।
युके सङ विभिन्न देशले हवाइ सम्पर्क बन्द गरिसकेका भए पनि साइप्रसले १० देखि १४ दिन क्वारेन्टाइन बस्न मात्र निर्देशन जारी गरेको छ । युके बाट लार्नाका र पापोस एयरपोर्ट भै आउने यात्रुले पिसिआर रिपोर्ट सहित क्वारेन्टाइन बस्नै पर्ने बाध्यताकारी नियम सोमबारदेखि लागू भएको हो ।

मन्त्रीपरिषदका भित्री श्रोतका अनुसार चाडपर्वमा हुने भोजमा उपस्थित हुनेको पाहुनाको संख्या बढाउन सक्ने र कर्फ्यु को समय कम हुने सम्भावना रहेको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *