देश विदेश

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ३४० पुग्यो, १० नेपाली अस्पताल भर्ना

शेयर गर्नुहोस्

दिपेन्द्र गजुरेल,
१७ चैत २०७६ स्पेन । विश्वभर फैलिएको ९कोभिड १९० कोरोना भाइरसको महामारीका कारण स्पेनमा ७ हजार ३ सय ४० जनाको मृत्यु भैइसकेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले सोमबार अपरान्ह जारी गरेको तथ्यांक अनुसार ८५ हजार १ सय ९५ जना संक्रमित रहेको जनाएको । यस्तै, ४६ हजार ६ सय जनाको उपचार भइरहेको छ भने ५ हजार २ सय ३१ जना सघन कक्षमा उपचार उपचाररत छन् । संक्रमित मध्ये १६ हजार ७ सय ८० जना सफल उपचारपछि घर फर्किएका छन् ।

यसैगरी स्पेनभर उपचार्थ स्वास्थ्यकर्मीहरू भने १२ हजार ३ सय जना प्रभावित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ भने नेपालीहरू १० जना संक्रमित भई उपचार गराइरहेको स्थानिय नेपालीहरू बताउछन् भने एक जना सघन कक्षमा उपचार्थ छ्न । स्पेनको बार्सिलोनामा कोरोना संक्रमणले माहामारीको रूपमा फैलिदै गरेको समयमा पास्नी तथा विभिन्न कार्यक्रमहरूमा संक्रमितहरूको सम्पर्कले नेपालीहरूको संख्या बढ्न सक्ने सामाजिक अभियान्ताहरूको अनुमान रहेको छ ।

स्पेनभर तिब्रगतिमा फैलिएको कोरोनाबाट अस्थाई बसोबास अनुमतिपत्र नपाएका नेपालीहरू भने मारमा परेकाछन् । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसले आज मार्च ३० देखि ९ अप्रिल सम्म अत्यावश्यक काम बाहेकका सम्पुर्ण क्षेत्रहरूलाई बन्द गर्ने छुट्टै कानुन समेत बनाएर लागु गरिएको स्थानिय समाचारहरूमा जनाएका छन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *