कोरोना

साइप्रसमा फेरी पुर्ण लकडाउन गर्न सक्ने सरकारको सङ्केत,

शेयर गर्नुहोस्
समिम मियाँ

३१ डिसेम्बर २०२० / लिमासोल

अंग्रेजी नयाँ वर्षको सन्ध्या सम्म आइपुग्दा कोरोना संक्रमण  दैनिक रेकर्डतोड रुपमा देखापरिरहेको छ। संक्रमितको दैनिक वृद्धिले अस्पताल भर्ना हुनेको संख्या पनि बढ्न थाले पछि जनस्वास्थ्य प्रणाली धरासायी हुन् सक्ने सरकारको चिन्ता छ।  अस्ति ९५१ र हिजो ७०४ मा कोरोना संक्रमण संगै मृतक को संख्या पनि बढ्न थाले पछि पुर्ण लकडाउन हुन्छ कि भन्ने आम जनचासो रहेको छ।

आज बिहान सरकारी रेडियोमा अन्तरवार्ताको क्रममा स्वास्थ्य मंत्री कोंस्तानातिनुस आयान्नुले पूर्ण लकडाउन हुने बारे संकेत गरेका छन्। लकडाउनले अर्थतन्त्र र अन्यमा पार्ने असर बारे सजक रहेको बताउदै स्वास्थ्य पहिलो प्राथमिकता रहेको उनले बताए।

“पुर्ण लकडाउन नै  हाम्रो अन्तिम उपाय हो, हामी यसको आर्थिक  र अन्य परिणामहरु बारे सचेत छौं।  यसैले हामी निरन्तर देशको महामारी तथ्यांकको विश्लेषण गर्दैछौं। तर स्वास्थ्य सबैभन्दा पहिलो हो , ”उनले थपे।

“जनस्वास्थ्य प्रणाली धरासायी हुने स्थिती छ , हामी पुर्ण लकडाउनको मात्र एक कदम अघि  छौ। ” मंत्री आयान्नुले भने।

महामारीको स्थितिको समिक्षा गर्दै  नयाँ उपाय बारे छलफल गर्न र निर्णय लिन आगामी हप्ता को लागि मंत्री परिषदको बैठक बस्दै छ।  यो बैठकले सरकारले कोरोना फैलावट नियन्त्रण गर्न विभिन्न निर्णयहरु गर्नेछ।

गत मार्च देखि आज सम्म ११९ को मृत्यु भै सकेको छ भने २२,०१९ जना संक्रमित भै सकेका छन्।  हाल १५९ जना अस्पतालमा भर्ना छन् भने ४१ को अवस्था गम्भीर रहेको छ।

विश्व भर कोरोनाको विभिन्न प्रकार देखिन थालेको छ।  भाइरसले अहिले सम्म २२ पटक बढी आफ्नो स्वरुप परिवर्तन गरि सकेको छ।  युके मा देखिको नया प्रकार को भाइरस हाल युरोपका अन्य देश मा पनि देखिन थालेका छन।

यता, कोरोनाको खोप लगाउने योजना अन्तर्गत साइप्रसमा “फ्रन्ट लाइन” मा खटिने स्वास्थ्यकर्मी , नर्सिङ्ग होममा कार्यरत स्टाफ र ७० वर्ष माथिका नागरिकलाइ “भ्याक्सिनेसन” जारी छ।  खोप को उपलब्धता र योजना अनुसार सर्वसाधारण सम्म यो खोप २०२२ को सेप्टेम्बर पछि मात्र आइपुग्ने बताइएको छ।

फ़ाइजर/बायोटेक कम्पनीका खोप अहिले विश्वभर प्रयोगमा आएका छन् भने अस्ट्राजेनेका कम्पनि र अक्सफोर्ड युनिभर्सिटी को खोप ले अझै मान्यता पाएको छैन।  यी दुवै खोप युरोपियन मेडिकल एजेन्सीले समिक्षा गरिरहेको छ।  तर युके ले भने यी दुवै खोपलाइ मान्यता दिइ सकेको छ।

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *