देश विदेश

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५३ पुग्यो , पोर्तुगलमा अहिलेसम्म १८७ जना

शेयर गर्नुहोस्

दिनेश गौतम
१९ चैत २०७६ युरोप
। विश्वभर फैलिएको कोभिड १९ कोरोना भाइरसको महामारीका कारण स्पेनमा ९ हजार ५३ जनाको मृत्यु भैइसकेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले सोमबार अपरान्ह जारी गरेको तथ्यांक अनुसार एक लाख दुई हजार १ सय ३६ जना संक्रमित रहेको जनाएको । यस्तै, ७० हजार ४ सय ३६ जनाको उपचार भइरहेको छ भने ५ हजार ८ सय ७२ जना सघन कक्षमा उपचार उपचाररत छन् । संक्रमित मध्ये २२ हजार ६ सय ४७ जना सफल उपचारपछि घर फर्किएका छन् ।

भने पोर्तुगलमा अहिले सम्म १८७ जनाको मृत्यु भएको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको द पोतुगल न्युजले उल्लेख गरेको छ । पोर्तुगलमा १८७ जना मध्ये २७ जना बिरामीको आज बुद्यवार मृत्यु भएको र अहिलेसम्म ८ हजार २ सय ५१ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ४३ जना निको भएर घर फर्केका छन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *